सोमबार, माघ १२,२०८२ 03:51:57
Bizshala
  • सोमबार, माघ १२,२०८२ 03:51:57
Bizshala
Global IME Bank Limited
Bizshala

सानिमा बैंकका नवनियुक्त सीईओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंकका नवनियुक्त सीईओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण
Shivam Cement

काठमाण्डौ । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) पवन कुमार आचार्यले आज माघ १२ गते पदभार ग्रहण गरेका छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको गत कार्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

२१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी,जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, शैक्षिक उपलब्धिहरु मध्ये एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए ।  

Bizshala
Garima Development Bank
New Office

प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उनले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेका छन् ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए । बैंकिङ्ग क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । यसका साथै, उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ्ग अनुभवका आधारमा उहाँको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.