सानिमा बैंकका नवनियुक्त सीईओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण
काठमाण्डौ । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) पवन कुमार आचार्यले आज माघ १२ गते पदभार ग्रहण गरेका छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको गत कार्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।२१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको...

