काठमाण्डौ । सानिमा बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा आज बैंकको साधारण सभा सम्पन्न भएको हो ।
उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक बर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।