काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आगामी असोज १२ गते २२औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सञ्चालक समितिको भदौ १८ गते बसेको ७१७औँ बैठकको निर्णयअनुसार साधारण सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजे बस्ने भएको हो।
बैंकले साधारण सभामार्फत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वार्षिक वित्तीय विवरण तथा सहायक कम्पनीहरू सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्यूरिटिज लिमिटेडसमेत समेटिएको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ।
सभामा आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ।
यस्तै आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट साधारण सेयर पूँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
त्यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार सेयर पूँजीमा ८.२५ प्रतिशत नगद लाभांश(करसहित( वितरण गर्ने र सर्वसाधारण सेयरधनी समूह(समूह ‘ख’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।