मंगलवार, श्रावण १९,२०८३ 05:37:53
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 05:37:53
Bizshala
Global IME Bank Limited

सानिमा बैंक २२ औं वर्षमा प्रवेश

सानिमा बैंक २२ औं वर्षमा प्रवेश
New Office

काठमाण्डौ । सानिमा बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । बैंकले मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको हो । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१ औं वार्षिकोत्सव मनाएको छ ।

यसै अवसरमा बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ यात्रा भर निरन्तर सहयोग प्रदान गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीहरुलाई संगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि प्रोत्साहन गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.