काठमाण्डौ । सानिमा बैंकले आफ्नाग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न ललितपुरको कुपोन्डोलमा रहेको सफायर एस्थेटिक्स प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।