काठमाण्डौ । सानिमा बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले कात्तिक २ गतेको साधारण सभाबाट पारित गरेको ७.३६८५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा कात्तिक २ गतेदेखि क्रमानुसार जम्मा गरेको हो ।
मर्जरपश्चात गाभिएका बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरुको खाता नम्बर परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फिर्ता आएको हुँदा यथाशिघ्र आफ्नो परिवर्तित नयाँ खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।
साथै, बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले नै व्यहोर्नु पर्ने समेत बैंकले जनाएको छ ।

