काठमाण्डौ । सानिमा बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बैंकलाई रु. १०० अंकित दरका २ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न माघ २१ गते अनुमति दिएको हो ।
बैंकले यो अग्राधिकार सेयर परिपत्र विधिबाट जारी गर्नेछ । जसको लाभांश दर ८.२५ प्रतिशत हुने्छ ।
यो अग्राधिकार सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

