मंगलवार, श्रावण १९,२०८३ 05:33:30
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 05:33:30
Bizshala
Global IME Bank Limited

सानिमा बैंक र फिनतारा सोलुसन्सको सहकार्यमा शुन्य प्रतिशत ईएमआई सुविधाको सुरुवात

सानिमा बैंक र फिनतारा सोलुसन्सको सहकार्यमा शुन्य प्रतिशत ईएमआई सुविधाको सुरुवात
New Office

काठमाण्डौ । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि सहज र आकर्षक शुन्य प्रतिशत ब्याजमा ईएमआई सुविधा प्रधान गर्ने उद्देश्यले फिनतारा सोलुसन्स प्रालिसँग सहकार्य गरेको छ ।

यस सहकार्य अन्तर्गत, बैंकका ग्राहकहरुले फिन्तारासँग आबद्व मर्चेन्ट स्टोरहरुमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा आधिकतम १२ महिनासम्म शुन्य प्रतिशत ब्याजमा ईएमआई सुविधा उपभोग गर्न सक्नेछन् । यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यपटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण आदि खरिद गर्दा उपभोग गर्न सकिने छ ।

यस पहलले उच्च मुल्यका सामाग्रीहरुलाई थप सहज र पहुँचयोग्य बनाउँदै, ग्राहकहरुलाई बिना ब्याज किस्ताबन्दी मार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।  

सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.