काठमाण्डौ । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकको हालको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट अुनमोदन गरी वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।