सोमबार, बैशाख ७,२०८३ 05:45:05
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 05:45:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल बैंक प्रतिस्पर्धामा उत्रिन आवश्यक छः गभर्नर अधिकारी

Bizshala
नेपाल बैंक प्रतिस्पर्धामा उत्रिन आवश्यक छः गभर्नर अधिकारी
Shivam Cement

काठमाण्डौ । नेपाल बैंकका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  नेपाल बैंक लिमिटेड धेरै दुख गरेर रिकभर भएको बैंक भएको बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सब समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

बैंकको अवस्था बिग्रदा राज्यले बाह्य लोन लिएर समस्याग्रस्त अवस्थामा रहेको यस बैंकलाई रिकभर गरेको उनले बताए । ‘सरकारी स्वामित्वमा रहेका बैंकहरु नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको अवस्था बिग्रदा केन्द्रीय बैंकले बाह्य ऋण लिएर बैंकको समग्र अवस्था सुधार गरेको हो’ उनले भने, ‘अहिले बैंकभित्र विभिन्न ब्यबस्थापनका समस्याहरु देखिएका छन् जुन बैंकले तुरुन्तै समाधान गर्नुपर्दछ ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपाल बैंकमा नयाँ जनशक्ति थपिएसंगै बैंकको स्वरुप फेरिएको वा बैंकले नयाँ रुप लिएको उनले बताए । ‘पहिलाको अवस्थाको तुलनामा बैंकको रुप धेरै फेरिएको छ बैंकमा नयाँ एक्ज्युकिटिभ अफिसरहरु थपिएपछि बैंकलाई परिचालन गर्ने आधार र स्वरुपहरु फेरिएको छ’ उनले भने ‘बैंकले नयाँ सिस्टम ल्याउन  खोजेको जस्तो देखिन्छ तर अझैपनि सुचारु गर्न नसकेको जस्तो देखिन्छ ।’

नेपाल राष्ट्र बैंकले प्राइभेट सेक्टर र सरकारी स्वामित्वमा रहेका बैंकलाई समान व्यबहार गरेको गभर्नर अधिकारीले बताए । केन्द्रीय बैंकले प्राइभेट र सरकारी बैंकबीच भेदबाद गरेको छैन । नेपाल बैंक अन्य १९ वटा बैंकहरु संग प्रतिस्पर्धामा उत्रिनुपर्छ । अब फरक ट्रीट्मेन्ट गरेको भन्नुभन्दा नयाँ सिस्टम अपडेट गरि बैंकको ब्यबसाय बढाउन आवस्यक छ’ उनले भने, ‘बैंकको ब्यबस्थापनभित्र डिसिजन मेकिङ प्रक्रियामा कमजोरी देखिएको छ यसलाई बैंक ले सुधार गर्नुपर्छ ।’

CG Motors
Garima Development Bank
IME remit

नेपाल बैंकले कर्मचारीको माग र समस्यालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्नेमा गभर्नर अधिकारीले सुझाव दिए । ‘कुनै पनि संस्था त्यसभित्र रहेका कर्मचारीको शक्ति बिना सफल बन्न सक्दैन । नेपाल बैंकले कर्मचारीको मनोबल वृद्धि गर्न कर्मचारीको समस्या पहिचान गरेर माग सम्बोधन गर्नुपर्छ’  उनले भने, ‘बैंकले पहिला कर्मचारी सन्तुष्ट बनाउनुपर्छ र कर्मचारीले पनि आफ्ना ग्राहकलाई सन्तुष्ट बनाउन सक्नुपर्छ तवमात्रै संस्थाभित्रको ब्यबस्थापन पाटो सबल हुदै जान्छ ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.