मंगलवार, श्रावण ५,२०८३ 03:14:55
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:14:55
Bizshala
Global IME Bank Limited

टर्‍यो माघभित्रै मौद्रिक समीक्षा आउने सम्भावना, गभर्नर नरम बन्दैछन् !

टर्‍यो माघभित्रै मौद्रिक समीक्षा आउने सम्भावना, गभर्नर नरम बन्दैछन् !
New Office

काठमाण्डौ । विवादास्पद कार्यकालको अन्तिम समयबाट गुज्रिरहेका नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले माघभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउने सम्भावना टरेको छ ।  

गभर्नर अधिकारीले कार्यकाल सकिनै लाग्दा मात्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने गरी आवश्यक तयारी गरेका छन् । 

राष्ट्रबैंकस्थित उच्च स्रोतहरुका अनुसार फागुन पहिलो साता मात्रै मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी भइरहेको छ ।  

दोश्रो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा ल्याउनुपर्ने सुविधा रहेकोले फागुन १५ गतेसम्मको समय राष्ट्रबैंकलाई छ । यहीकारण धेरै दवाबमा नबसी मौद्रिक नीतिको समीक्षाको पूर्वतयारी भइरहेको केन्द्रीय बैंकका एक कार्यकारी निर्देशकले बिजशालालाई बताए ।  

राष्ट्रबैंकका प्रवक्ता रामु पौडेलले पनि माघभित्रै मौद्रिक नीतिको समीक्षा आउने सम्भावना टरेको स्पष्ट पारे । 'हामीलाई फागुन १५ गतेसम्म ल्याउने समय छ। त्यसभन्दाअघि नै आउँछ ।' बिजशालासँग भने-'तर ठ्याक्कै कहिले आउँछ भन्ने कुरा चाहिँ मिति निक्र्यौल नभएकोले अहिले भन्न सकिन्न ।' 

पौडेलकाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कस्तो ल्याउने वा नीतिगत दरहरु चलाउने वा यथास्थितिमै राख्ने भन्ने लगायतका विषयमा विभागीय छलफलहरु चलिरहेको छ । 'परिस्थितिअनुसारको समीक्षा आउनेछ ।' उनले भने -'धेरै ठूलो परिवर्तनहरु भने हुने छैनन् । त्यस्तो आवश्यकता हामीले महसुस गरेका छैनौं ।' 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गभर्नरको हिसाबले महाप्रसाद अधिकारीको अन्तिम समीक्षा समेत भएकोले लगानीकर्ताहरु भने उनीबाट केही सकारात्मक विषय आउलान् कि भन्ने अपेक्षामा छन् । आफ्नो कार्यकालभरि लगानीकर्ताविरोधी गभर्नरको छवि बनाएका महाप्रसादले जाँदाजाँदै केही राहात दिने नीति ल्याउने लगानीकर्ताहरुको अनुमान छ ।  

मौद्रिक नीतिको समीक्षा कस्तो ल्याउने भन्ने विषयमा अन्तिम अधिकार गभर्नरकै हुने भएकोले अधिकारीको मनोदशामा भर पर्नुपर्ने अवस्था छ । 'केही नरम भएरै विदा हुनुपर्ने हो ।' राष्ट्रबैंकका अर्का उच्च अधिकारीले भने-'गभर्नर साब इन्ट्रोभर्ट स्वभावको भएकोले अहिले नै यस्तो समीक्षा आउँछ भन्ने थाहा हुन्न ।'  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.