सोमबार, बैशाख ७,२०८३ 09:12:22
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 09:12:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गभर्नर अधिकारीद्वारा बीआईएसको ९४ औं वार्षिक बैठकमा सहभागिता

Bizshala
गभर्नर अधिकारीद्वारा बीआईएसको ९४ औं वार्षिक बैठकमा सहभागिता
Shivam Cement

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी असार १५ र १६ गते स्विट्जरल्याण्डको बासेलमा आयोजितThe Bank for International Settlements (BIS) s को ९४ औँ वार्षिक बैठकमा सहभागीता जनाएका छन् ।  

सो बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीहरूको सहभागिता थियो ।  

बैठकका क्रममा गभर्नर अधिकारीेले ‘High Level Meeting on Cross-border Payments’ विषयक अन्त्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा विभिन्न राष्ट्रका अन्तरदेशीय भुक्तानी प्रणालीमा भएका उपलब्धि र चुनौतीका सम्बन्धमा छलफल भएको थियो । सो अवसरमा गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा आयोजित 'Policy Approaches for Addressing Risks posed by the use of AI in Financial Services' विषयक अन्तरक्रियामा सहभागी भएका थिए । उक्त कार्यक्रममा Artificial Intelligence को प्रयोग, यसले ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न विश्वका विभिन्न केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाबारे छलफल भएको थियो ।

बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको सन् २०२३/२४ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विश्वभरका केन्द्रीय बैंकले लिएका कसिलो मौद्रिक नीतिका कारण मुद्रास्फीति र वित्तीय स्थायित्वमा सुधार आएको चर्चा गरेका थिए । उनले मुद्रास्फीतिमाथि विजय घोषणा गर्ने समय भने आइनसकेको भन्दै विगतका आर्थिक तथा वित्तीय सङ्कटको अनुभवबाट पाठ सिक्दैकेन्द्रीय बैंकहरू ढुक्क भएर बस्ने स्थिति नरहेको धारणा राखेका थिए ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैठकका दौरान गभर्नर अधिकारीले बीआईएस, बैंकिङ विभागका प्रमुख लुइस बेनगोचिया र उक्त विभागका अधिकृतहरूसँग छलफल गरी विभागको कार्यक्रम तथा योजनाबारे जानकारी लिएका थिए । यसै गरी, उनले भारतीय रिजर्ब बैंक, स्टेट बैंक अफ पाकिस्तान, बैंक अफ मङ्गोलिया, बैंक अफ मौरिसस र अन्य केन्द्रीय बैंकका गभर्नर तथा उच्च अधिकारीहरूसँग समेत भेटघाट गरेका थिए । कार्यक्रममा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेलको समेत सहभागिता थियो ।

बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सन् १९३० मा स्थापित यस संस्थामा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन्। यसको मुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.