शनिबार, भाद्र ७,२०८२ 04:07:18
  • शनिबार, भाद्र ७,२०८२ 04:07:18
Global IME Bank Limited

बैंकहरुको खराब कर्जा बढेको होइन,वास्तविकता बाहिरिएको मात्रै हो: गभर्नर अधिकारी

Hyundai Nepal
बैंकहरुको खराब कर्जा बढेको होइन,वास्तविकता बाहिरिएको मात्रै हो: गभर्नर अधिकारी
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको नभई यो वर्ष वास्तविक चित्र मात्र सार्वजनिक भएको खुलासा गरेका छन् ।  

नेपाल बैंकर्स एशोसियसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै चालु कर्जा मार्गदर्शन लागू भएपछि बैंकहरुले कर्जाको इभर ग्रिनिङ गर्न नपाएका रत्यसले खराब कर्जाको वास्तविक चित्र बाहिरिएको बताएका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘त्यसकारण एनपीएल बढेको होइन । यथार्थ चित्र बाहिरिएको हो ।’उनले भने,‘कयौँ वर्षसम्म बैंकहरुलाई सिस्टमले नै खराब कर्जा लुकाउने अवसर दियो । अहिले त्यो अवसर नआउँदा खराब कर्जा अनुपात बढेको देखिएको मात्रै हो ।’

उनले राष्ट्र बैंकले पुराना र अव्यवहारिक व्यवस्थामा सुधार गरेको र त्यो क्रममा केहि पिडा हुनु स्वभाविक रहेको समेत बताए । ‘यथार्थ चित्र बाहिर आउनुलाई अन्यथा मान्नु हुँदैन ।’ उनले भने,‘अहिले बैंकहरुको नेट एनपीए १.१३ प्रतिशत रहेको छ । यो ठूलो विषय होइन । अझ हाम्रो सिस्टमले कर्जाको प्रशस्त प्रोभिजन गरेको छ । अहिले लाभांश क्षमता कम भएको मात्रै हो । संस्था बलियो बनाउँन खोज्दा यस्तो हुनु ठूलो कुरा होइन ।’ 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.