बुधबार, माघ २३,२०८१ 11:39:26
IME remit
  • बुधबार, माघ २३,२०८१ 11:39:26
IME remit
Global IME Bank Limited

अर्थतन्त्रमा सुधारको संकेत देखिएपनि थप काम गर्न आवश्यक छः गभर्नर अधिकारी

Hyundai Nepal
अर्थतन्त्रमा सुधारको संकेत देखिएपनि थप काम गर्न आवश्यक छः गभर्नर अधिकारी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् । सोमबार राष्ट्र बैंकमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन् ।

गभर्नर अधिकारीले भने, ‘मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याएको छ।’

अधिकारीले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी गरेका छन् । ‘२०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठूला भएका छन् । सिमेन्ट, रडजस्ता उद्योग फस्टाइरहेका छन्, जसले बैंकहरूमा ऋणको माग बढाएको छ । यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ,’ उनले थपे ।

Bizshala
CG Motors
Sagarmatha Cement

गभर्नर अधिकारीले केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गरे । ‘यो नेपालका लागि एउटा सफलता हो,’ उनले भने ।

गभर्नर अधिकारीले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्रालय र विभागहरूलाई थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ । उनले आर्थिक सुधारका लागि प्रयासहरू जारी रहेको र थप समय लाग्ने बताए । ‘ठ्याक्कै जादुको छडीजस्तो केही छैन । योजनाहरूलाई समयमै कार्यान्वयन गर्नु आवश्यक छ’, गभर्नर अधिकारीले भने । अधिकारीले पत्रकारहरूलाई तथ्यमा आधारित र अनुसन्धानमूलक समाचार लेख्न आग्रह गरेका छन् । उनले गलत सूचनाका कारण जनतामा नकारात्मक धारणा बनिरहेको भन्दै जिम्मेवारीपूर्वक लेख्नुपर्नेमा जोड दिए । गर्भनर अधिकारीले भने,‘तपाईंहरूले लेख्ने समाचार जनताको लागि हो। सही कुरा लेख्नुभयो भने जनताको धारणा सकारात्मक बन्छ, तर गलत लेखे नकारात्मक धारणा पुग्छ ।’

Muktinath Bikas Bank Limited

उनले हालका केही युट्युब भिडियोहरूलाई उदाहरण दिँदै एकतर्फी सूचना प्रवाहले विकृति निम्त्याएको उल्लेख गरे। ‘कतिपय भिडियोहरूमा भित्री वास्तविकता अर्कै हुँदाहुँदै बाहिर बेग्लै कुरा प्रस्तुत गरिन्छ। यसले अन्य क्षेत्रमा विभिन्न विकृतिहरू ल्याएको छ,’ उनले भने।

अधिकारीले पत्रकार र राष्ट्र बैंकबिच सहकार्य आवश्यक रहेको भन्दै कार्यक्रम आयोजना गर्नुअघि परामर्श गर्न सकिने बताए । ‘हामी तपाईंहरूको नजिक छौं। टाढा रहँदैनौं। कुनै कार्यक्रम गर्न लाग्नुभएको छ भने हामीलाई पनि भन्न सक्नुहुन्छ,’उनले भने । यस भेटघाटमा अधिकारीले राष्ट्र बैंकसँग सम्बन्धित विषयमा गहन जानकारी राख्नुपर्ने आवश्यकता पनि व्यक्त गरे ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.