बुधबार, माघ २३,२०८१ 11:47:15
IME remit
  • बुधबार, माघ २३,२०८१ 11:47:15
IME remit
Global IME Bank Limited

राष्ट्रबैंकका गभर्नरले सुनाए अर्थतन्त्र गतिशील बनाउने ३ सूत्र

Hyundai Nepal
राष्ट्रबैंकका गभर्नरले सुनाए अर्थतन्त्र गतिशील बनाउने ३ सूत्र
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणिको क्षमता नै नहेरी जथाभावी बैंकहरुले लोन दिंदा बैंकिङमा आजको सकस निम्तिएको दाबी गरेका छन् ।  

नेपाल बैंकर्स एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘त्यो बेलाको ओभरफाइनान्सिङ नै आजको समस्याको मुख्य जड हो । लोन तपाई(बैंकर)हरुले नै दिनुभयो, तर क्षमता हेरेर दिनुभएन । यदि बैंकहरुले पनि ऋणिको तिर्नसक्ने क्षमताका आधारमा लोन दिएका भए आजको अवस्था आउने नै थिएन । आजको अवस्था आउनु पछाडिको मुख्य दोषी ऋणि मात्र नभई, तपाई बैंकरहरु पनि हो ।’  

सो कार्यक्रममा उनले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने आफ्नो तीन बुँदे सूत्र समेत सुनाए । 

Bizshala
CG Motors
Sagarmatha Cement

आर्थिक गतिविधि बढेपछि ऋण प्रवाह पनि बढ्छ भन्दै उनले थपे–‘सहकारीहरुमा देखिएका समस्यालाई नजरअन्दाज गर्नुहुँदैन । अनौपचारिक अर्थतन्त्रले हामीलाई निकै असर गरेको छ । साना–साना पसल सञ्चालन गर्ने लाखौंले सहकारीलाई विश्वास गरे । कमाएको पैसा त्यही जम्मा गरे भने सानातिना लोन पनि सहकारीबाटै लिए । त्यस्ता साना निक्षेपकर्तासम्म बैंकहरुको एक्सेस नै भएन । बैंक तथा वित्तीय संस्थाका कस्टूमर १९ लाख पनि छैनन् । सहकारीमा निर्भर सानातिना पसलेहरु देशमा कति धेरै होलान् ? यसकारण जब सहकारीमा समस्या आयो, बैंकहरुको रिपेमेन्टमा पनि समस्या देखियो ।’  

उनले सहकारीभित्रको समस्या प्रचार गरिएजस्तो ‘ठूलो’ नरहेको समेत जिकिर गरे । ‘साना बचतकर्ताहरुको १० प्रतिशत मात्रै रकम सेटलमेन्ट गर्ने हो भने सहकारीको समस्या धेरै हदसम्म समाधान हुन्छ । यहीकारण बजेटमा समेत गरिएको सहकारीहरु नियमन गर्ने विशिष्टकृत संस्था बन्नुपर्छ भन्ने व्यवस्था छिटो कार्यान्वयनमा आउनुपर्छ ।’ उनले भने–‘समस्याग्रस्त सहकारीलाई टेकओभर गरेर अगाडि बढौं, चलेकालाई व्यवस्थित र राम्रोसँग नियमन गरौं ।’  

उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने दोश्रो उपाय समेत सुझाए । अर्थतन्त्रमा विकास निर्माणसँग गासिएको विषयले पनि समस्या बनाएको भन्दै हाल सानादेखि ठूला निर्माणका कामहरु सुस्ताएको बताए । ‘निर्माण क्षेत्रलाई अब पुस गर्न आवश्यक छ ।’ उनले भने–‘प्राइभेट र साना निर्माणका क्षेत्रमा जीवन भर्न आवश्यक देखिन्छ ।’  

उनले ठूला उद्योगहरु पूर्ण क्षमतामा चलाउने गरी सरकारले नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्र चलायमान बनाउने यो सूत्रलाई उने ‘तेश्रो’ भनेका छन् ।  

‘यसरी सहकारीको समस्या समाधान, निर्माण क्षेत्रलाई गतिशील र ठूला उद्योगलाई पूर्ण क्षमतामा चलाउने काम गर्न सकियो भने सुस्त बनेको अर्थतन्त्रले गति लिन्छ ।’ निश्कर्ष सुनाउँदै उनले भने।  

बैंकहरु कसरी नाफाखोर भए ?

गभर्नर अधिकारीले पछिल्लो समय बैंकरहरुको विषयमा समाजले गलत भाष्य निर्माण गर्न खोजेको भन्दै आपत्ति जनाए । 

‘बैंकहरु सामन्ती हुन्, मिटरब्याजी हुन् भन्दै आतकिंत बनाउने काम भयो । नाफाखोर पनि भनियो ।’ उनले थपे–‘म गभर्नर बन्दै गर्दा बैंकहरुको ३२ खर्बको पोर्टफोलियो थियो । त्यसबेला नाफा ७० अर्ब थियो । अहिले पोर्टफोलियो बढेर ५० खर्ब पुग्यो, प्रफिट ७० अर्ब पुग्नेवाला छैन । बैंकहरु कसरी नाफाखोर भए ?’

उनले राष्ट्रबैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा कैंची चलाएको समेत स्वीकार गरे । आफूहरुले कैंची चलाउँदा बैंकहरुको लाभांश क्षमता घटेको उनको स्वीकारोक्ति थियो । ‘पहिला बैंकहरुले ग्राहकबाट ४ प्रतिशतसम्म प्रोसेसिङ फि असूल्थे, अहिले त्यसलाई घटाएर अधिकतम ०.७५ प्रतिशत कायम गरिएको छ ।’ उनले भने–‘आम्दानीका धेरै स्रोतहरु खुम्चिएका छन् । समग्रमा प्रफिट नै घटेको छ । यस्तो अवस्थामा बैंकहरु कसरी सामन्ती भए ?’

उनले देशको आर्थिक अवस्था ‘सवल’ भनिए पनि जनमानसको अनुभूति भने ठीक उल्टो रहेकोमा चिन्ता व्यक्त गरे ।  

अर्थतन्त्रका मुख्य सूचकहरुमा निकै ठूलो सुधार भए पनि त्यसले मनोबल बढाउन नसकेको टिप्पणी गरे । ‘हामीमा पनि विश्वका अन्य मुलुकमा झै मुद्रास्फितिमा धेरै सुधार भइसकेको छ । विदेशी मुद्रा सञ्चिती १४ महिनाको वस्तु तथा सेवा आयात गर्नसक्ने अवस्थामा छ । यो भनेको हाम्रो निकै ठूलो स्ट्रेन्थ हो । यसलाई सदुपयोग गर्न सकियो भने हामीमा निकै राम्रो सुधार हुनेछ ।’–उनले भने ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.