बुधबार, श्रावण ६,२०८३ 02:09:24
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:09:24
Bizshala
Global IME Bank Limited

महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी
New Office

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठन भएको समितिको सदस्यमा नियुक्त भएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउदै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले मंगलबारको सुनुवाइपश्चात आगामी ४ जेठ गते दुवै पक्षलाई छलफलका लागि बोलाउदै कारण देखाउ आदेश जारी गरेको हो ।  

गभर्नरमा बहाल रहेकै बेला गठन भएको समितिमा पूर्वगभर्नरको हैसियतमा महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्त गरिनु गैरकानुनी रहेको दाबी गर्दै अधिवक्ता नवीन धितालले रिट दायर गरेका थिए । उक्त रिटमा अधिकारीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।  

धितालले अधिकारीको नियुक्त गैरकानुनी रहेकाले गैरकानुनी व्यक्तिबाट सिफारिस गभर्नर पनि वैधानिक नहुने अन्तरिम आदेशमार्फत उनबाट हुने कामकारबाही रोक्न माग गरेका छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.