आईतवार, फाल्गुन ११,२०८१ 02:51:58
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:51:58
IME remit
Global IME Bank Limited

राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सेयर लगानीकर्ताको चासो: विष्णु पौडेल फेरि अर्थमन्त्री बन्ने लेखाजोखा

Hyundai Nepal
राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सेयर लगानीकर्ताको चासो: विष्णु पौडेल फेरि अर्थमन्त्री बन्ने लेखाजोखा
Nabil Bank Limited

काठमाण्डौ । फागुन २९ मा हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन फूटको संघारमा पुगेको अड्कल लगाउन थालिएको छ ।  

कांग्रेसको गोदावरीमा हालै सम्पन्न महासमिति बैठकले माओवादी युद्धलाई अनादर गर्ने प्रस्ताव पारित गरेको तथा आगामी निर्वाचनहरुमा गठबन्धन गरेर नजाने महामन्त्री गगन थापाको प्रतिवेदन समेत पारित भएपछि सत्ताको नेतृत्व गरिरहेको माओवादी भड्किएको छ ।  

माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले राष्ट्रियसभा अध्यक्षमा पार्टीले आफ्नो उम्मेद्वार प्रस्तुत गर्ने निर्णय पार्टीको स्थायी कमिटीबाटै गराएपछि कांग्रेस झस्किएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनकै अवसर पारेर गठबन्धन फूटको रमिता हेर्न संघीय संसदको प्रमुख प्रतिपक्षी एमाले उत्सुक देखिन्छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

कांग्रेस र माओवादीबीचको फूटको सम्भावनाले प्रतिपक्षी लगायतका दलहरु जति उत्साहित देखिन्छन्, त्योभन्दा बढी उत्साह सेयर बजारका लगानीकर्तामा छ । सेयर बजारका लगानीकर्ताले सधैं खोजिरहने पात्र विष्णु पौडेल फेरि अर्थमन्त्री बन्लान् र अर्को बुल सुरु होला भनेर अड्कल लगाउनेहरुको संख्या पनि बढ्न थालेको देखिन्छ ।  

गठबन्धन फूट्छ ?

हालसम्मको घटनाक्रम हेर्दा सत्ता गठबन्धन फूट्ने सम्भावना अधिक देखिन्छ । कांग्रेसले गठबन्धन नफूटोस् भन्ने उद्देश्यले विभिन्न प्रयासहरु गरिरहेको छ । तर, माओवादीभित्र एउटा ठूलो तप्का यही बाहानामा गठबन्धन फूटाएर दीर्घकालीन राजनीतिक लाभका लागि एमालेसँग सहकार्य गर्ने पक्षमा देखिएको छ । माओवादीभित्रको ठूलो समूह समेत गठबन्धन फूटोस् भन्ने कामना गरिरहेका कारण कांग्रेसका नेताहरुले भनेजस्तो यसपटक अवस्था त्यति धेरै सहज चाहिँ छैन ।  

सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस राष्ट्रिय सभा अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अगाडि बढाउने तयारीमा छ । सिटौलालाई गठबन्धनको साझा उम्मेदवार बनाउने कांग्रेसको प्रयास छ । तर, उसको यो तयारीमा माओवादी बाधक बन्ने प्रष्ट देखिइसकेको छ । किनभने प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले कृष्णप्रसाद सिटौला नै आए राष्ट्रियसभा अध्यक्षमा सकारात्मक रुपमा सोच्ने वचन सत्ता साझेदार नेपाली कांग्रेसलाई दिएको स्वीकार गरे पनि परिस्थिति फेरिएको भन्दै अब भने आफ्नै उम्मेद्वार प्रस्तुत गर्ने दोहोर्याएका छन् ।  

बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीले लिखित निर्णय नगरे पनि स्थायी समिति बैठकमा अत्यधिक सदस्यले राष्ट्रियसभा अध्यक्ष छोड्न हुँदैन भन्ने सुझाव दिएका बताएका छन् । कांग्रेसकै कारण राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी उम्मेदवार पराजित भएको, महासमिति बैठकमा गठबन्धन नगर्ने बहस गर्नुका साथै जनयुद्धबारे अनावश्यक टिप्पणी गरेको भन्दै उनले रोष प्रकट गरेका छन् ।  

उता, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धन नै तलमाथि हुने सम्भावना नरहेको जिकिर गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको परिणामले केही असर गरेको स्वीकार गर्दै सत्ता सहकार्य नटुंगिने दाबी गरे ।  

माओवादी स्थायी कमिटीको बैठकको निर्णय नै गठबन्धनको अन्तिम निर्णय नभएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । अन्तिममा माओवादी पनि कांग्रेस उम्मेद्वारलाई समर्थन गर्ने अवस्थामा आइपुग्ने उनको दाबी छ ।  

एमाले रणनीति

सत्ता गठबन्धनका प्रमुख घटक कांगे्रस र माओवादीबीच पछिल्लो समय परेको झगडा एमालेले टाढैबाट हेरिरहेको देखिन्छ । आफू निकटस्थहरुसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन फुटाउन आफूहरु नलागेको, तर कांग्रेस माओवादी सत्ता सहकार्य धेरै टाढा जाने अवस्था नदेखिएको टिप्पणी गरेका छन् । ‘हामीलाई अहिले नै सरकारमा गइहाल्ने हतारो छैन ।’ ओलीले बिहीबार भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘हाम्रो कारणले भन्दा उनीहरुकै कारणले गठबन्धनमा समस्या आएको हो । गठबन्धन भत्किएमा त्यसपछि बन्ने नयाँ परिस्थितिका लागि नयाँ भूमिकासहित अगाडि आउन चाहिँ एमाले जहिल्यै तयार छ, तयार हुनुपर्छ ।’  

सेयर बजारमा विष्णु पौडेलको चर्चा

यसैबीच, सत्ता गठबन्धनमा खटपट आएदेखि नै सेयर बजारमा भने विष्णु पौडेलको चर्चा सुरु भएको देखिन्छ ।  

सत्ता गठबन्धन टुटेर एमाले सरकारमा सहभागी हुने सम्भावना व्यक्त गर्दै कतिपयले अर्थमन्त्रीको रुपमा फेरि विष्णु पौडेल आउने र बजारले नयाँ बुल समात्ने अड्कलबाजीहरु गरिरहेका छन् ।  

सेयर बजारका लगानीकर्ताको नजरमा विष्णु पौडेल बजारमैत्री अर्थमन्त्री हुन् । पौडेल यसअघि अर्थमन्त्री बन्दा बजार त्यसकै खुशियालीमा केही सय अंकले बढेको इतिहास छ । पौडेलकै पालामा नेप्सेले अलटाइम हाई चुमेका कारण र उनको नेतृत्वमा सेयरबजारमैत्री नीति आएका कारण समेत बजारका लगानीकर्ता सानो राजनीतिक घटनाक्रमबाटै पनि पुलकित भइहाल्ने र एमाले सत्तामा आएको परिकल्पना गरिहाल्ने अवस्थामा देखिएका छन्।

राजनीतिमा असम्भव केही हुँदैन । यसलाई आधार मान्ने हो भने फागुन २९ गतेसम्म सत्ता गठबन्धन फूटेर एमालेसँगको सहकार्यमा नयाँ गठबन्धन र नयाँ सरकार गठन नहोला भन्न पनि सकिन्न । तर, कांग्रेस वा सहयात्री दलसँग बार्गेन गर्न निकै खप्पीस खेलाडी प्रचण्ड भएका कारण कृष्ण सिटौलालाई राष्ट्रियसभा अध्यक्षमा समर्थन नगर्ने प्रचण्डको भनाई घुक्र्याई मात्र पनि हुनसक्छ । यदि त्यस्तो प्रमाणित भयो भने चाहिँ सेयर लगानीकर्ताहरुले फेरि अहिलेकै अर्थमन्त्रीलाई केही वर्षसम्म झेल्नुपर्ने अवस्था बन्नेछ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.