सोमबार, चैत्र २५,२०८१ 09:41:27
IME remit
  • सोमबार, चैत्र २५,२०८१ 09:41:27
IME remit
Global IME Bank Limited

आज गभर्नर नियुक्तिको सम्भावना, प्रधानमन्त्रीले हलो अड्काउँदा गठबन्धनमै खटपटको जोखिम

Hyundai Nepal
आज गभर्नर नियुक्तिको सम्भावना, प्रधानमन्त्रीले हलो अड्काउँदा गठबन्धनमै खटपटको जोखिम
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर नियुक्तिको विषय थप पेचिलो बन्दै गएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणअघि अर्थात अघिल्लो साताको सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाटै गभर्नर नियुक्तिको विषय टुंगो लगाउने प्रयास गरिएको थियो । तर, प्रमुख सत्ता साझेदार दल कांग्रेसको सहमतिबिना नै ओली अगाडि बढ्न खोजेपछि अन्तिम अवस्थामा नियुक्तिको विषय नै स्थगन गर्नुपरेको थियो ।  

अघिल्लो सोमबारको बैठकअघि देउवा दम्पत्तिले प्रधानमन्त्रीलाई बालुवाटारमै गएर भेटिसकेका थिए । सो क्रममा उनीहरुले गभर्नर आफ्नो पार्टीले पाउनुपर्ने अडान स्पष्ट राख्दै त्यसका लागि सम्भावित नामहरु समेत दिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकर्तालाई गभर्नर बनाउन यो वा त्यो बाहाना गरेर ढिलासुस्ती गरिदिए । उनकै आनाकानी र असहयोगका कारण मध्यरातमै भए पनि गभर्नर नियुक्ति गरिछाड्ने देउवाको प्रयास सफल हुन सकेन । सो बेला प्रधानमन्त्रीले थाइल्याण्डबाट स्वदेश फर्किएलगत्तै गभर्नर नियुक्त गर्ने वचन दिएका थिए ।

Shivam Cement
Bizshala
CG Motors

नेपाल राष्ट्रबैंकको तत्कालीन गभर्नर महाप्रसाद अधिकारी आजबाट अवकाश भइसकेका छन् । तर, सरकारले कामूको जिम्मेवारी कसैलाई दिएको छैन । पुरानो गभर्नरको अवकाशअघि नै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने कानूनी व्यवस्थाको सरकारबाटै उल्लंघन भएको विषयमा तीव्र आलोचना समेत भइरहेको छ । यी सबै घटनाक्रमहरुलाई हेर्दा सरकारले सोमबार(आज) नै गभर्नर नियुक्तिको विषय टुंगो लगाइसक्नुपर्नेछ ।  

बालुवाटारस्थित उच्च स्रोतहरुकाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति भएको खण्डमा आज गभर्नरको नियुक्ति हुनसक्छ । गभर्नरको नामकै विषयमा सहमति गर्नका लागि शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवा आज पनि बालुवाटार जाँदैछन् । दिउँसो प्रधानमन्त्रीसँग भेटेर कांग्रेसबाट सम्भावित नामहरु दिने र त्यसमध्येबाट नै एकजनालाई गभर्नर बनाउनुपर्ने अडान दोहोर्याउने बुढानिलकण्ठस्थित स्रोतले बताएको छ ।  

कांग्रेसबाट को–को छन् सम्भावित ?

पछिल्लो समय कांग्रेसको समर्थनमा गभर्नर हुनसक्ने सम्भावित नामहरु खुम्चिएर २ वटामा सीमित बन्न पुगेका छन् ।  

उच्च स्रोतहरुका अनुसार कांग्रेसले गभर्नरको नाम छनौटको अधिकार देउवा, महामन्त्री गगनकुमार थापा र प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई दिएको छ । यी तीनैजनाले अन्तिम २ नामको टुंगो लगाइसकेको छ । ती दुई नाम हुन् राजेन्द्रकिशोर क्षेत्री र ज्ञानेन्द्रप्रसाद ढुंगाना ।  

कांग्रेस सभापति देउवाको जोडबल क्षेत्रीलाई गभर्नर बनाउने भन्नेमा रहेको देखिन्छ भने महामन्त्री थापा र प्रवक्ता महतको जोड ढुंगानालाई गभर्नर बनाउनेमा छ । देउवापत्नी आरजू समेत ढुंगानाप्रति सकारात्मक छिन् । आरजूले नै भनेका कारण ढुंगानाले नविल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर गभर्नरको रेसमा आएको कांगे्रसभित्र चर्चा हुने गरेको छ।

देउवानिकट स्रोतका अनुसार ज्ञानेन्द्र ढुंगानाको नामप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक नहुन सक्छन् । किनभने ओलीले गभर्नरको रेसमा रहेका प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भाटभटेनीका साहू मीनबहादुर गुरुङ लगायतबाट दवाब सिर्जना गर्दा समेत बैंकरलाई गभर्नर बनाउन नसकिने भनेका थिए । त्यसैको उदाहरण हेरेर देउवाले अर्को सम्भावित नामको रुपमा पूर्व मुख्यसचिव समेत रहेका क्षेत्रीलाई अगाडि सार्ने योजना बनाएका छन् ।  

प्रधानमन्त्री कसलाई ल्याउन चाहन्छन् ?

प्रधानमन्त्री केपी शर्मा ओली यो वा त्यो बाहानामा गभर्नरको रुपमा एमाले कार्यकर्तालाई नै ल्याउन चाहिरेका छन् । यसअघिको गभर्नर महाप्रसाद अधिकारी पनि एम. अधिकारीको रुपमा एमाले कार्यकर्ता बनेर चिनिएका थिए । ओली भने एम. अधिकारीकै अर्को संस्करणलाई दोहोर्याउन चाहिरहेका स्रोत बताउँछ । राष्ट्रबैंकमा दलीय कार्यकर्ता आउन नहुने चौतर्फी आवाज उठिरहेको बेला ओली भने पुरानै दुखान्त कथा दोहोर्याउने पक्षमा देखिन्छन् ।  

ओलीको पहिलो रोजाईमा एमाले कार्यकर्ताको रुपमा चिनिएकी राष्ट्रबैंककी डेपुटी गभर्नर निलम ढुंगाना रहेकी छिन् । गभर्नर नियुक्तिको प्रक्रिया सुरु नहुँदैदेखि ओलीले पहिलो महिला गभर्नर ल्याउने भन्दै सार्वजनिक मञ्चहरुमा पटक–पटक स्पष्ट संकेत दिइसकेका छन् । उनले सत्ता गठबन्धनको प्रमुख साझेदार दलका शीर्ष नेताको बैठकमा समेत निलमलाई गभर्नर बनाउन चाहेको बताइसकेका स्रोतले उल्लेख गरेको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निलमलाई नै गभर्नर बनाउनका लागि ओलीले केही व्यवसायिक समूहहरुलाई समेत तयार पारेर राखेका छन् । ‘देउवा दम्पत्तिले नमानको खण्डमा अन्तिम अवस्थामा सबैखालका अस्त्र चलाएर कन्भिन्स गराउने ओलीको दाउ देखिन्छ ।’ स्रोतले भन्यो–‘गभर्नरका लागि जति पनि खर्च गर्न तयार रहेको व्यवसायिक समूहले पनि प्लान बीमा ढुंगानाकै नाम राखेको छ । पैसाको पावरले अन्तिम अवस्थामा काम गर्यो भने निलम नै गभर्नर बन्नेछिन् ।’

राजनीतिका चतुर खेलाडी ओलीले चाहिँ आफ्नो ‘प्लान बी’को रुपमा रविन्द्र पाण्डेको नाम राखेका स्रोत दाबी गर्छ । ओलीनिकट व्यवसायी रामेश्वर थापा र चन्द्र ढकालले पाण्डेको नाममा जोडबल गरिरहेका छन् । ढुंगानालाई गभर्नर बनाउन नसकिने अवस्थामा पाण्डेलाई एमालेको अजेण्डाहरुमा सहमत गराएर गभर्नर बनाउने ओलीको योजना छ । यसका लागि रामेश्वर थापाले भूमिका खेलिरहेका छन् । यस्तो अवस्थामा देउवा दम्पत्तिलाई कन्भिन्स गर्न फण्डको आवश्यकता परेको खण्डमा थापा र ढकालले जुटाउनेसम्मको सहमति भएको बुझिएको छ । पाण्डे कांग्रेसनिकट समेत रहेका कारण उनलाई अगाडि सारेर एमाले अजेण्डा बोकाई गभर्नर बनाउन सकिने विकल्पमा समेत ओली तयार रहेका स्रोत दाबी गर्छन् ।  

अरु को–को छन् दौडमा ?

गभर्नरको रेसमा डा. प्रकाश श्रेष्ठ र डा. गुणाकर भट्टको दौडधूप पनि रोकिएको छैन । उनीहरु दुई ठूला दलका शीर्ष नेताबीच कुरा नमिलेको खण्डमा गभर्नरको विकल्पको रुपमा आफ्नो भाग्य चम्किने चमात्कारको प्रतिक्षामा छन् । डा. श्रेष्ठ विष्णु पौडेलनिकट मानिन्छन् भने डा. भट्ट चाहिँ देउवानिकट । तर, देउवाले बोकेका अन्य पात्रजत्तिको निकट र प्रभावशाली पात्र चाहि भट्ट होइनन् ।  

यी दुवै गभर्नरको रेसमा सुरुवातदेखि नै दौडिरहे पनि उनीहरुमा नेतृत्व क्षमता भने निकै कमजोर छ । पढेलेखेका विद्वान दुवैसँग म्यानेजमेन्टको उति धेरै क्षमता पनि नरहेको स्रोतहरु बताउँछन्।

त्यसो त ओलीले गभर्नर बनाउन चाहेको पात्र निलम ढुंगानासँग पनि उच्च निर्णय क्षमता र कुशल व्यवस्थापकीय क्षमता छैन। आफ्नै पिएलाई समेत व्यवस्थापन गर्न नसक्ने खराब व्यवस्थापकको रुपमा केन्द्रीय बैंकका कर्मचारीले उनलाई चिन्छन् । केन्द्रीय बैंकका धेरै उच्च तहका अधिकृतहरुसँग उनको राम्रो सम्बन्ध समेत छैन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.