शनिबार, श्रावण ९,२०८३ 03:27:51
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 03:27:51
Bizshala
Global IME Bank Limited

टेस्लाले युरोपमा लञ्च गर्यो कम मूल्य पर्ने मोडल थ्रि भेरियन्ट

टेस्लाले युरोपमा लञ्च गर्यो कम मूल्य पर्ने मोडल थ्रि भेरियन्ट
New Office

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाले युरोपेली बजारमा कम मूल्य पर्ने मोडल थ्रि को नयाँ भर्जन लञ्च गरेको छ । अमेरिकामा डेब्यू भएको दुई महिनापछि कम्पनीले युरोपेली बजारमा आज उक्त कार लञ्च गरेको हो ।

बढ्दो प्रतिस्पर्धा र खस्कदो मागका बीच कम्पनीले नयाँ प्रडक्ट ल्याएको हो । नयाँ मोडल वाई लाइन अप भित्राए पनि युरोपमा कम्पनीको माग र नयाँ रजिष्ट्रेशनमा कमी आएको छ । अधिकांश ग्राहकहरुले भोल्स्वागेन र बीवाईडी जस्ता प्रतिस्पर्धी ब्राण्डलाई विकल्पको रुपमा रोजिरहेकाले टेस्ला समस्यामा परेको छ ।

४८० किलोमिटरको ड्राईभिङ रेञ्ज प्रदान गर्ने मोडल थ्रि को डेलिभरी सन् २०२६ को पहिलो त्रैमाससमा गरिने जनाइएको छ । यसको मूल्य जर्मनीमा ४४ हजार २९९ डलर, नर्वेमा ४४ हजार ९९० डलर र स्विडेनमा ४७ हजार ८२० डलर निर्धारण गरिएको छ ।    

टेस्लाले गत अक्टोबर महिनामा मोडल थ्रि लञ्च गरेको थियो ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.