काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाले युरोपेली बजारमा कम मूल्य पर्ने मोडल थ्रि को नयाँ भर्जन लञ्च गरेको छ । अमेरिकामा डेब्यू भएको दुई महिनापछि कम्पनीले युरोपेली बजारमा आज उक्त कार लञ्च गरेको हो ।
बढ्दो प्रतिस्पर्धा र खस्कदो मागका बीच कम्पनीले नयाँ प्रडक्ट ल्याएको हो । नयाँ मोडल वाई लाइन अप भित्राए पनि युरोपमा कम्पनीको माग र नयाँ रजिष्ट्रेशनमा कमी आएको छ । अधिकांश ग्राहकहरुले भोल्स्वागेन र बीवाईडी जस्ता प्रतिस्पर्धी ब्राण्डलाई विकल्पको रुपमा रोजिरहेकाले टेस्ला समस्यामा परेको छ ।
४८० किलोमिटरको ड्राईभिङ रेञ्ज प्रदान गर्ने मोडल थ्रि को डेलिभरी सन् २०२६ को पहिलो त्रैमाससमा गरिने जनाइएको छ । यसको मूल्य जर्मनीमा ४४ हजार २९९ डलर, नर्वेमा ४४ हजार ९९० डलर र स्विडेनमा ४७ हजार ८२० डलर निर्धारण गरिएको छ ।
टेस्लाले गत अक्टोबर महिनामा मोडल थ्रि लञ्च गरेको थियो ।

