दुई वर्षमा पहिलोपटक बढायो टेस्लाले मोडल वाईको मूल्य
काठमाण्डौ । विद्युतीय सवारी निर्माता टेस्लाले अमेरिकामा आफ्ना मोडल वाई कारहरुको मूल्य बढाएको छ। कम्पनीको आधिकारिक वेबसाइटअनुसार शनिबारदेखि विभिन्न मोडलहरूको मूल्य संशोधन गरिएको हो।नयाँ मूल्यसूचीअनुसार मोडल वाई प्रिमियम अल ह्विल ड्राइभको मूल्य १ हजार डलरले बढाएर ४९ हजार ९९० डलर कायम गरिएको छ। त्यस्तै, मोडल वाई प्रिमियम रियर ह्विलको मूल्य पनि १ हजार डलरले वृद्धि गर्दै ४५...

