चिनमा निर्मित टेस्ला ब्राण्डको ईभी कारको बिक्री ९.९% ले घट्यो
काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी टेस्लाको चीनमा निर्मित विद्युतीय कार(ईभी)को बिक्रीमा ९.९ प्रतिशतको गिरावट आएको छ । अक्टोबर महिनामा चीनमा निर्मित टेस्लाका ६१ हजार ४९७ युनिट ईभी कार बिक्री भएको चाइना प्यासेन्जर कार एशोसियसनले जनाएको छ । गत सेप्टेम्बर महिनामा भने यसमा २.८ प्रतिशतको वृद्धि देखिएको थियो ।

