आईतवार, फाल्गुन ११,२०८१ 02:48:55
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:48:55
IME remit
Global IME Bank Limited

संकास्पद आगलागीका कारण टेस्लाको बर्लिन कारखाना बन्द, ‘भोल्क्यानो’ समूहले लियो घटनाको जिम्मेवारी

Hyundai Nepal
संकास्पद आगलागीका कारण टेस्लाको बर्लिन कारखाना बन्द, ‘भोल्क्यानो’ समूहले लियो घटनाको जिम्मेवारी
Nabil Bank Limited

काठमाण्डौ । आगलागीको संकास्पद घटनाका कारण बलिर्नमा रहेको टेस्लाको कारखानाको उत्पादन अल्पकालका लागि बन्द भएको छ । टेस्लाको कारखाना नजिकै भएको आगलागीको घटनाका कारण  विद्युतीय कार उत्पादन अवरुद्ध भएको हो ।   

उक्त आगलागीको जिम्मेवारी जर्मनी एक वामपन्थी समूहले लिएको छ । टेस्लाले अधिक रुपमा श्रम र स्रोतको प्रयोग गरिरहेको भन्दै उक्त आगलागीको घटना घटाइएको भोल्क्यानो समूहले जनाएको छ । यस्तै उक्त समूहले टेस्लाले जमिन मुनीको पानी दुषित गरेको र ठूलो परिमाणमा पानीको उपयोग गरिरहेको आरोप समेत लगाएको छ ।  

आगलागीका कारण टेस्लाको कारखानामा कुनै पनि क्षति नपुगेपनि विद्युत आपूर्ती बन्द हुँदा उत्पादन अवरुद्ध भएको जनाइएको छ । कम्पनीले कम्तीमा आगामी साताको सुरुवातसम्म उत्पादन बन्द रहने जनाएको छ । जसका कारण कम्पनीले लाखौं युरो घाटा व्यहोर्ने र मंगलबार मात्रै १ हजारभन्दा बढी कार बनाउन बाँकी रहेको बताएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

एलन मस्कले यो कार्यलाई एकदमै निज र मुर्खतापूर्ण भएको बताएका छन् । ‘तिनीहरु कि त यस पृथ्वीका सबैभन्दा मुर्ख पर्यावरण विरोधी आतंककारी हुन् कि त स्वच्छ पर्यावरणीय लक्ष्य नभएकाहरुद्वारा परिचालित कठपुतली हुन् ।’मस्कले पोस्ट गरेका छन् ।  

आगलागीको घटनापछि कामदारहरुलाई घर पठाइएको र कारखाना भने सुरक्षित अवस्थामा रहेको कम्पनीले जनाएको छ । आगलागीका कारण विद्युत प्रसारण लाइनको हाई भोल्टेज लाइन तारहरु जलेको र सिंगो सहरमा विद्युत आपूर्ती बन्द भएको छ ।  

टेस्लाले बलिर्नमा रहेको युरोपको पहिलो कारखानालाई विस्तार गर्ने योजना बनाएको छ । यो योजनाका कारण धेरै रुखहरु काटिने भएकाले वातावरणविद्हरुले यसको विरोध गरिरहेका छन् । कारखाना नजिक रहेको जंगलमा करीब १ सय जना विरोध अभियान चलाईरहेका छन् । यद्यपी ती हरित अभियानकर्मीहरुले आगलागीको घटनामा आफुहरुको संलग्नता नरहेको बताएका छन् ।  

टेस्लाको बलिर्न कारखानाबाट अहिले वार्षिक रुपमा ५ लाख युनिट कार निर्माण भईरहेको छ । कम्पनीले उत्पादन क्षमतालाई दोब्बरले वृद्धि गर्ने योजना अघि सारेको छ ।  -एजेन्सी

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.