काठमाण्डौ । अमेरिकी ईभी अटो निर्माता कम्पनी टेस्लाले आफ्नो ‘मोडल एक्स’को मूल्य वृद्धि गरेको छ । कम्पनीले अमेरिकामा मोडल एक्सको मूल्य प्रतियुनिट ५ हजार डलरले वृद्धि गरेको हो ।
यससँगै अब अमेरिकामा मोडल एक्सको मूल्य ८४ हजार ९९० डलर पुगेको छ । यसअघि यसको मूल्य ७९ हजार ९९० डलर कायम थियो । यसको प्लेड भेरियन्टको मूल्य पनि ९४ हजार ९९० बाट बढाएर ९९ हजार ९९० डलर पुर्याइएको छ ।
गत डिसेम्बर महिनामा पनि कम्पनीले ‘मोडल एस’को मूल्य ५ हजारले बढाएको थियो । यस्तै कम्पनीले गत फेब्रुअरी १ देखि क्यानडामा आफ्ना सबै मोडलहरुको मूल्य बढाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।