शनिबार, श्रावण ९,२०८३ 12:58:39
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 12:58:39
Bizshala
Global IME Bank Limited

लञ्च भयो सिंगल चार्जमा १५ सय किमी कुद्ने ईभी कार, टेस्लालाई कडा टक्कर

लञ्च भयो सिंगल चार्जमा १५ सय किमी कुद्ने ईभी कार, टेस्लालाई कडा टक्कर
New Office

काठमाण्डौ । चीनको एक ईभी अटो निर्माता कम्पनीले आफूले निर्माण गरेको कारले सिंगल चार्जमा १५ सय किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने दाबी गरेको छ । आईएम मोटर्सले चीनमा हालै लञ्च भएको एलएस६ सिंगल चार्जमा १५ सय किलोमिटरसम्म कुद्ने दाबी गरेको हो ।  

यो कार मिड–साइज क्रसओभर एसयुभी हो । जुन आफ्ना अद्धितिय फिचर्सका लागि परिचित छ । यो कार ब्याट्री–इलेक्ट्रिक(बीईभी) र एक्स्टेन्डेड–रेञ्ज इलेक्ट्रिक(ईआरईभी) दुवै भर्जनमा उपलब्ध छ ।  

बीईभी मोडलमा दुईवटा अप्सन रहेका छन्, पहिलो प्रो मोडल र दोस्रो अल्ट्रा मोडल ।  

प्रो मोडलः यसमा ७६ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले एकपटक चार्ज गर्दा ६५० किलोमिटरको रेञ्ज दिने गर्छ । यो कार रियर–ह्विल ड्राइभमा आउछ जसले केवल ६.४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार लिन सक्छ ।  

अल्ट्रा मोडलः यो मोडलमा १०३ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले ७५० किलिमिटरसम्मको रेञ्ज दिन्छ । यसले ३.४८ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।  

कम्पनीले आफ्ना कारको क्षमता टेस्लाको मोडल वाईभन्दा बढी भएको दाबी गरेको छ । टेस्लाको मोडल वाईले ६०० किलोमिटरको रेञ्ज प्रदान गर्छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.