बिहीबार, आश्विन २९,२०८३ 03:36:33
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 03:36:33
Bizshala
Global IME Bank Limited

ट्रम्पको पछाडि लाग्दा इलन मस्कलाई झट्काः टेस्लाको बिक्रीमा १३% को गिरावट

Bizshala
ट्रम्पको पछाडि लाग्दा इलन मस्कलाई झट्काः टेस्लाको बिक्रीमा १३% को गिरावट
New Office

काठमाण्डौ ।  टेस्लाको बिक्री यस वर्षको पहिलो तीन महिनामा १३% ले घटेको छ। 

कम्पनीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो डेलिभरी गिरावट रिपोर्ट गरेको छ। 

सीईओ एलन मस्कविरुद्धको असन्तोष र अन्य अटोमोबाइल कम्पनीहरूको विद्युतीय सवारीसाधनसँगको बढ्दो प्रतिस्पर्धाले टेस्लाका ईभीहरूको मागमा ठूलो प्रभाव पारेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

टेस्लाले बुधबार दिएको जानकारीअनुसार, कम्पनीले पहिलो त्रैमासिकमा ३,३६,६८१ कारहरू डेलिभर गर्‍यो, जुन अघिल्लो वर्षको पहिलो तीन महिनामा ३,८६,८१० कारहरू थियो। यो तीन वर्षयताकै सबैभन्दा खराब बिक्री भएको छ, जसमा अघिल्लो वर्षको तुलनामा ५०,००० कार कम बिक्री भएका छन्।

टेस्लाले सरकारको दक्षता विभागको प्रमुखका रूपमा मस्कको भूमिकासँग असहमत व्यक्त गर्ने प्रदर्शनकारीहरूको आफ्ना सोरुमबाहिर विरोध सामना गर्नु परेको छ। 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूप्रति असन्तुष्ट व्यक्तिहरूको प्रभाव पनि परेको हुन सक्छ।

त्यसैगरी, टेस्लाका केही चार्जिङ स्टेशनहरू र कारहरू तोडफोड गर्ने घटनाहरू पनि भएका छन्। यी सबै घटनाहरूले सम्भावित ग्राहकहरूलाई टेस्ला कार किन्ने निर्णयबाट पछि हट्न बाध्य बनाएको हुन सक्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.