काठमाण्डौ । टेस्लाको शोरुममा आगलागी भएको छ । काठमाण्डौको नक्सालस्थित टेस्लाको शौरुममा आज १२ बजेतिर आगालागी भएको हो । उक्त आगालागी सर्ट सर्किट भएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तथापी यसको एकिन जानकारी भने आइ्र्रसकेको छैन । आगलागीका कारण कार्यालय र स्पेयर पार्टहरु जलेका छन् ।
आगलागीका कारण भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेको छ । यद्यपी शोरुममा रहेका गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
अहिले भने आगो नियन्त्रणमा आईसकेको प्रहरीले जनाएको छ । आगो निभाउन अग्निनियन्त्रणको सहायता लिइएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।