शनिबार, असार १४,२०८२ 05:32:40
  • शनिबार, असार १४,२०८२ 05:32:40
Global IME Bank Limited

घट्यो टेस्लाको कार बिक्री, चिनियाँ कम्पनीहरुको मूल्य कटौती मुख्य कारण

Hyundai Nepal
घट्यो टेस्लाको कार बिक्री, चिनियाँ कम्पनीहरुको मूल्य कटौती मुख्य कारण
Nabil Bank Limited

काठमाण्डौ । कोरोना महामारीको सुरुवात भए यता ईभी कार निमार्ता कम्पनी टेस्लाको बिक्री पहिलोपटक घटेको छ । चिनियाँ र पश्चिीमा अटो निर्माता कम्पनीहरुले आक्रमक रुपमा बजार विस्तार गरिरहेकाले टेस्लाको बिक्री प्रभावित बन्न पुगेको हो ।  

टेस्लाले यस वर्षको पहिलो तीन महिनामा ४ लाख ३३ हजार युनिट कार निर्माण गरेकोमा ३ लाख ८७ हजार युनिट मात्रै डेलिभरी गरेको जनाएको छ । जुन सन् २०२३ मा डेलिभर भएको ४ लाख ८४ हजार ५०७  युनिटको तुलनामा २०.१२ प्रतिशतले कम हो ।  

यस्तै टेस्लाको बिक्रीमा पनि कमी आएको छ । कम्पनीले बढ्दो मूल्य कटौतीका कारण बढेको प्रतिस्पर्धाका कारण कम्पनीको बिक्रीमा कमी आएको जनाएको छ । तर पनि टेस्ला अन्य परम्परागत अटो निर्माताको तुलनामा भने अझै पनि मुनाफाजन्य अवस्थामै छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

घट्दो व्यवसायको प्रभाव कम्पनीको सेयरमूल्यमा समेत देखिएको छ । सोमबार कम्पनीको सेयरमूल्य ५ प्रतिशतले घटेको थियो ।  

टेस्लाको बिक्री घटेपनि कम्पनी बिवाईडीबाट विश्वको अग्रेणी ईभी निर्माताको ताज भने खोस्न सफल भएको छ । बिवाईडीले यो वर्षको पहिलो तीन महिनामा ३ लाख ११४ युनिट मात्र(हाईब्रिड समावेश नगरिएको)मात्रै कार बिक्री गरेको जनाएको छ । जुन गत अघिल्लो त्रैमासको ५ लाख २५ हजार ४०९ को तुलनामा कम हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.