बिहीबार, आश्विन २९,२०८३ 08:36:58
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:36:58
Bizshala
Global IME Bank Limited

भारतमा लगानी गर्न टेस्ला अनिच्छुक, यस्ता छन् कारण

Bizshala
भारतमा लगानी गर्न टेस्ला अनिच्छुक, यस्ता छन् कारण
New Office

काठमाण्डौ । अमेरिकी इभी कार निर्माता कम्पनी टेस्ला, भारत आउन अनिच्छुक देखिएको छ । टेस्लाले भारत सरकारसँगको आधिकारिक सम्वाद बन्द गरेसँगै भारत आउने कम्पनीको सम्भावना कम बनेको हो ।    

रिपोर्टका अनुसार पूँजीसँग सम्बन्धित केहि विषयमा मतभेद उत्पन्न भएपछि टेस्लाले भारतमा लगानी गर्ने योजनालाई थाति राखेको हो । भारतका अधिकारीहरुसँग टेस्लाका अधिकारीहरले सम्पर्क नगरेको ३ महिना भयो ।  

टेस्ला भारत आउने योजनाबाट पछि हट्नुका यस्ता छन् सम्भावित कारण :

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

–पछिल्लो दुई त्रैमासमा कम्पनीले विश्व बजारको माग पूरा गर्न सकेको छैन,  

–चिनियाँ कम्पनीहरुले टेस्लालाई कडा टक्कर दिईरहेका छन्,

–मस्कले अप्रिल महिनामा ठूलो संख्यामा कर्मचारीहरु कटौति गर्ने घोषणा गरेको थियो,

– कयौं वर्षको प्रयासका बाबजुत पनि कम्पनीको साइबार ट्रकको वृद्धिमा सुस्त रहेको छ,

–कम्पनीले मेक्सिकोमा नयाँ कारखाना स्थापना गर्ने योजना बनाएको छ । यो योजनामा पनि कम्पनीले ढिलासुस्ती गरिरहेको छ,

–कम्पनीले भारतमा गर्ने लगानीमा थुप्रै पूँजीगत समस्याहरु देखिएका छन्,

एलन मस्कले भारत यात्रा रद्द गरेपछि भारतको मिनिस्ट्री अफ हेभी इन्डस्ष्ट्रिज,मिनिस्ट्री, अफ फाइनान्स,कमर्स तथा इन्डस्ट्रीमा अधिकारीहरसँग टेस्लाको छलफल भएको छैन । एलन मस्कले गत अप्रिल २२ देखि २७ सम्म भारतको यात्रा गर्ने बताएका थिए । तर अचानक उनले भ्रमण रद्द गरेका थिए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.