शनिबार, असार १४,२०८२ 06:10:51
  • शनिबार, असार १४,२०८२ 06:10:51
Global IME Bank Limited

मुकेश अम्बानी र एलन मस्क व्यवसायिक साझेदारी गर्दै, रिलायन्ससँग मिलेर इभी कार बनाउने तयारीमा टेस्ला

Hyundai Nepal
मुकेश अम्बानी र एलन मस्क व्यवसायिक साझेदारी गर्दै, रिलायन्ससँग मिलेर इभी कार बनाउने तयारीमा टेस्ला
Nabil Bank Limited

काठमाण्डौ । एलन मस्कको कम्पनी टेस्ला कम्पनीका र भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रीज लिमिटेड मिलेर भारतमा कार निर्माण कारखाना स्थापना गर्ने योजना बनाएका छन् ।  

हिन्दु बिजनेश लाइनको रिपोर्टका अनुसार टेस्ला र रिलायन्स इन्डस्ट्रिज लिमिटेडले एउटा ज्वाइन्ट भेन्चर कम्पनी स्थापना गर्न वार्तालाप सुरु गरेका छन् । यो विषय सुरुवाति चरणमा रहेको र सबै कुरा योजना अनुरुप भए दुवै कम्पनीले संयुक्त रुपमा भारतमा ईभी कार उत्पादन गर्ने कारखाना स्थापना गर्ने योजनामा काम गर्नेछन् । यो वार्तालाप एक महिनादेखि चलिरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

टेस्लाले भारतमा कारखाना निर्माण गर्नका लागि यसै महिना आफ्नो एउटा टीम पठाउने तयारी समेत गरेको छ । जसले भारतमा २ देखि ३ अर्ब डलरको कारखाना स्थापनाका लागि उपयुक्त ठाउँको पहिचान गर्नेछ ।  

बेलायतको फाइनान्सियल टाइम्सले यसबारे जानकारी दिएको हो । रिपोर्टका अनुसार ईभी कार निर्माण कारखानाका लागि उक्त टीमको ध्यान महाराष्ट्र,गुजरात वा तमिलनाडु जस्ता अटोहब राज्यमा केन्द्रित हुन सक्छ । यी राज्यहरुमा बन्दरगाह पनि नजिक पर्ने भएकाले कारखानाका लागि यी स्थानहरु कम्पनीको रोजाइमा पर्ने सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।  

भारतको केन्द्र सरकारले भारतलाई ईभी उत्पादनको हक बनाउनका लागि नयाँ ईभी नीतिलाई स्वीकृती प्रदान गरेसँगै टेस्लाले भारत प्रवेश गर्ने तयारी गरेको हो ।  नयाँ ईभी नीतिमा कम्तिमा ४ हजार १५० करोड लगानीको प्रावधान राखिएको छ र अधिकतममा कुनै पनि सीमा तोकिएको छैन ।  

यस्तै एलन मस्क यो महिना भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न भारत आउने भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मस्क यो महिनाको २२ देखि २७ गतेका बीच भारत आउने छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.