बिहीबार, आश्विन २९,२०८३ 03:35:40
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 03:35:40
Bizshala
Global IME Bank Limited

मस्कले एकैदिन गुमाए २९ अर्ब डलर, टेस्लाको सेयरमूल्यमा पहिरो

Bizshala
मस्कले एकैदिन गुमाए २९ अर्ब डलर, टेस्लाको सेयरमूल्यमा पहिरो
New Office

काठमाण्डौ । विश्वकै धनाढ्य व्यक्ति एलन मस्कको सम्पत्ति एकैदिन २९ अर्ब डलरले घटेको छ । ईभी अटो निर्माता कम्पनी टेस्लाको सेयरमूल्यमा आएको गिरावटका कारण मस्कले सोमबार अर्बौ डलर गुमाएका हुन् ।  

ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मार्च ११ सम्म मस्कको सम्पत्ति ३०१ बिलियन डलर रहेको छ । विगत एक वर्षको अवधिमा मस्कको सम्पत्ति १३२ अर्ब डलरले घटिसकेको ब्लूमबर्गले जनाएको छ ।  

सम्पत्तिमा आएको व्यापक गिरावटका बाबजुत मस्क अmभैपनि विश्वको धनाढ्यको सूचीमा शीर्ष स्थानमा यथावत् छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

मस्कपछि विश्वको दोस्रो धनाढ्यको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस छन् । उनको कुल सम्पत्ति २१६ अर्ब डलर रहेको छ । यसरी मस्क र बेजोसको सम्पत्तिमा ८५ अर्ब डलरको भिन्नता छ ।  

सोमबार टेस्लाको सेयरमूल्य १५ प्रतिशतले घटेको छ । यो गिरावटसँगै टेस्लाको सेयरमूल्य २२२.१५ डलरमा सीमित बनेको छ । कम्पनीको बिक्रीमा देखिएको सुस्तताका कारण लगानीकर्ता आत्तिएसँगै कम्पनीको सेयरमूल्यमा उच्च गिरावट आएको जनाइएको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

टेस्लाले यतिबेला विश्वको सबैभन्दा ठूलो ईभी बजार चीनमा संघर्ष गरिरहेको छ । कम्पनीलाई चीनको स्थानिय कम्पनी बीवाईडीले कडा टक्कर दिईरहेको छ । फेब्रुअरीमा कम्पनीको साङघाई कारखानाको आपूर्ति ४९ प्रतिशतले घटेको छ । फेब्रुअरीमा यो कारखानाबाट ३० हजार ६८८ युनिट मात्रै सवारी आपूर्ति भएको छ । जुन सन् २०२२ जुलाई पछिकै न्यून मासिक आपूर्ति हो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.