शुक्रबार, श्रावण १,२०८३ 11:05:35
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 11:05:35
Bizshala
Global IME Bank Limited

एआई स्टार्टअप कम्पनीले गर्यो गूगल क्रोम ब्राउजरलाई ३४.५ बिलियन डलरमा खरिद गर्ने प्रस्ताव

एआई स्टार्टअप कम्पनीले गर्यो गूगल क्रोम ब्राउजरलाई ३४.५ बिलियन डलरमा खरिद गर्ने प्रस्ताव
New Office

काठमाण्डौ । एआई स्टार्टअप कम्पनी परप्लेक्स्टी एआईले गूगलको क्रोम ब्राउजरलाई ३४.५ बिलियन डलरमा खरिद गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गरेको यो प्रस्ताव कम्पनीको हालको मूल्यभन्दा बढी हो । गत जुलाईमा परप्लेक्स्टी एआईको मूल्य १८ बिलियन डलर थियो ।  

गूगलले भने परप्लेक्स्टीको खरिद प्रस्तावका बारेमा केही पनि प्रतिक्रिया जनाएको छैन । परप्लेक्स्टी एआई प्रगोगकर्तालाई सजिलो रुपमा प्रश्नहरुको उत्तर तथा लिंक प्रदान गर्ने एआई पावर्ड सर्च इन्जिनको रुपमा परिचित छ । गत महिना कम्पनीले आफ्नो एआई पावर्ड ब्राउजर ‘कमेट’ लञ्च गरेको थियो ।  

यो कम्पनी हाल जेनेरेटिभ एआईको क्षेत्रमा दबदबा कायम गर्न तल्लिन रहेको छ । मेटा र ओपन एआई जस्ता कम्पनीहरुले ठूलो धनराशीको तलब र बोनस अफर गरेर एआई क्षेत्रका उच्च इन्जिनियरहरुलाई हायर गरिरहेका छन् ।  

परप्लेक्स्टीलाई यसै वर्ष मेटाले अधिग्रहणको प्रस्ताव गरेको थियो । तर दुई कम्पनीबीच अन्तिम सम्झौता भने हुन सकेन ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.