शनिबार, जेष्ठ २,२०८३ 02:41:19
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 02:41:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनभिडिया र एएमडीले चीनमा एआई चिप्स बिक्रीबाट भएको आम्दानीको १५% अमेरिकी सरकारलाई दिनुपर्ने

Laxmi Sunrise Bank Limited
एनभिडिया र एएमडीले चीनमा एआई चिप्स बिक्रीबाट भएको आम्दानीको १५% अमेरिकी सरकारलाई दिनुपर्ने
Shivam Cement

काठमाण्डौ । अमेरिकाका दुई ठूला चिप निर्माता एनभिडिया र एएमडीले अब चीनमा आफ्नो एआई चिप्स बिक्रीबाट हुने आम्दानीको १५ प्रतिशत अमेरिकी सरकारलाई दिने भएका छन्। यसरी सरकारले राजस्वको अंश लिनु एकदमै नयाँ र अद्वितीय कदम हो। न्यूयोर्क टाइम्सले तीन जनालाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा यो जानकारी दिएको हो ।

गत महिना, ट्रम्प प्रशासनले एनभिडियालाई आफ्नो एच२० चिप चीनमा बेच्न अनुमति दिने बारे छलफल गरेको थियो तर इजाजत भने दिइएको थिएन । त्यसपछि बुधबार, एनभिडियाका सीईओ जेन्सेन हुआंगले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटे र यो १५ प्रतिशत राजस्व साझेदारी सम्झौताको पुष्टि गरे।  

Bizshala
New Office
CG Motors

त्यसको दुई दिनपछि मात्रै अमेरिकी वाणिज्य विभागले यी चिप्सको बिक्रीका लागि इजाजतपत्र जारी गर्न थाल्यो। अर्थात्, अमेरिकी सरकार अब चीनमा एनभिडियाको एक प्रकारको व्यापार साझेदार बनेको छ। एएमडी को ःएाआई३०८ चिप पनि यस सम्झौताको अंश हो।

बर्नस्टेन रिसर्चका अनुसार अमेरिका सरकारले यस सम्झौताबाट २ अर्ब डलर प्राप्त गर्न सक्छ।  

अप्रिलमा ट्रम्प प्रशासनले चीनमा यो चिपको बिक्रीमा प्रतिबन्ध लगाएको थियो तर अब यो सम्झौता अन्तर्गत यसको बिक्रीलाई अनुमति दिइएको हो । ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूको अन्तर्राष्ट्रिय सम्झौतामा हस्तक्षेप गर्दै आएको छ। उदाहरणका लागि, जुनमा जापानको निप्पोन स्टिललाई अमेरिकी स्टिलमा लगानी गर्न स्वीकृति दिइएको थियो।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.