एनभिडिया बन्यो बजार पूँजीकरण ४ ट्रिलियन डलर पुग्ने विश्वकै पहिलो कम्पनी
काठमाण्डौ । अमेरिकी सेमीकन्डक्टर चिप उत्पादक कम्पनी एनभिडिया फेरि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । जुलाई ९ मा कम्पनीको सेयर २ प्रतिशतभन्दा बढीले बढेको थियो । जसका कारण कम्पनीको मार्केट क्याप पहिलो पटक बढेर ४ ट्रिलियन डलर पुगेको छ।कारोबारको क्रममा, कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४.६२ डलर पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । बजार पूँजीकरणको हिसाबमा...