बिहीबार, बैशाख ३१,२०८३ 06:14:06
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:14:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनभिडीया र एएमडीले सार्वजनिक गरे नेक्स्ट जेनेरेशन एआई चिप्स, ग्लोबल लिडर बन्न तीव्र प्रतिस्पर्धा

Laxmi Sunrise Bank Limited
एनभिडीया र एएमडीले सार्वजनिक गरे नेक्स्ट जेनेरेशन एआई चिप्स, ग्लोबल लिडर बन्न तीव्र प्रतिस्पर्धा
Shivam Cement

काठमाण्डौ । एनभिडीया र एएमडीले ताइवानमा आफ्ना छुट्टा–छुट्टै नेक्स्ट जेनेरेशन एआई चिप्स लञ्च गरेका छन् । यससँगै एआईको दौडमा इन्टेलसहति तीन कम्पनीको तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।  

एनभिडीयाको सीईओ जेनसेन हुवाङले कम्पनीले सन् २०२६ मा अहिलेसम्मकै उन्नत ‘रुबिन’नामक एआई चिप प्लेटफर्म रोलआउट गर्ने जानकारी दिएका छन् । रुबिन प्लेटफर्मले ब्ल्याकबेलको स्थान लिनेछ र यसले डेटा सेन्टरका लागि चिप्स आपूर्ति गर्नेछ ।  

रुबिनमा नयाँ ग्राफिक्स प्रोसेसिङ युनिट(जीपीयुस्), भेरा नामक नयाँ सेन्ट्रल प्रोसेसिङ युनिट(सीपीयु)र एड्भान्स्ड नेटवर्किङ चिप्स हुनेछ ।

Bizshala
New Office
CG Motors

एआईको बढ्दो प्रभावसँगै कम्पनीहरुले कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण बढिरहेको छ । पछिल्लो एक वर्षमा कम्पनीको सेयरमूल्य दोब्बरले वृद्धि भईसकेको छ ।  

एनभिडीयाले कुल एआई सेमीकन्डक्टर बिक्रीको ७० प्रतिशत हिस्सा ओगटेको छ । तर प्रमुख प्रतिस्पर्धी एएमडी र इन्टेलले एनभिडीयाको प्रभुत्वलाई चुनौती दिदै नयाँ प्रडक्ट ल्याईरहेकाले प्रतिस्पर्धा भने वृद्धि भईरहेको छ ।  

सोमबार एएमडीका सीईओ लिसा सुले कम्पनीको लेटेस्ट एआई प्रोसेसर सार्वजनिक गरेकी छन् । यसका साथै दुई वर्षभित्र नयाँ प्रडक्ट पनि विकास गर्ने कम्पनीको लक्ष्य रहेको छ ।  

कम्पनीको नेक्स्ट जेनेरेशन एमआई३२५एक्स एक्सिलेटेर यो वर्षको चौथो त्रैमाससम्म उपलब्ध हुने सीईओ सुले बताएकी छन् । -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.