बिहीबार, जेष्ठ ८,२०८२ 04:33:58
IME remit
  • बिहीबार, जेष्ठ ८,२०८२ 04:33:58
IME remit
Global IME Bank Limited

‘सिमलेस दुबई २०२५’ मा नेपाल पविलियनको उद्घाटन, नेपाली फिन्टेकको ऐतिहासिक सुरुवात

Hyundai Nepal
‘सिमलेस दुबई २०२५’ मा नेपाल पविलियनको उद्घाटन, नेपाली फिन्टेकको ऐतिहासिक सुरुवात
Nabil Bank Limited

काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी सिमलेस २०२५ मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ । जसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन यात्रामा एक ऐतिहासिक मोड ल्याएको छ।

फिन्टेक एलायन्स नेपाल (फ्यान)को नेतृत्वमा सुरु गरिएको यो नवीन पहलले ९ वटा अग्रेणी नेपाली आइटी तथा फिन्टेक कम्पनीहरूलाई एउटै राष्ट्रिय ब्यानरअन्तर्गत एकजुट गर्दै नेपालको नवीनता, आकांक्षा र अन्तर्राष्ट्रिय सम्भावनालाई विश्व मञ्चमा प्रस्तुत गरेको छ।तीन दिनसम्म चल्ने यो प्रदर्शनीको उद्घाटन समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेज बहादुर छेत्री तथा विश्वभरका प्रमुख सीईओ ,सीएक्सओ र फिन्टेक अधिकारीहरूको उपस्थिति रहेको थियो।

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

सिमलेसको आयोजक समितिसँगको नजिकको समन्वयमार्फत, फ्यानले दुबई वर्ल्ड ट्रेड सेन्टरको हल ८, एच८ एफ२० मा ८बाई ८ वर्गमिटरको पविलियन सुरक्षित गर्न सफल भएको छ । जसले अन्तर्राष्ट्रिय फिन्टेक मञ्चमा नेपाललाई अहिलेसम्मकै सबैभन्दा दृश्यात्मक उपस्थिति दिएको छ।यो पविलियन नेपाली सिर्जनशीलतालाई उजागर गर्न, सीमापार साझेदारीहरू प्रवर्द्धन गर्न, र विश्वव्यापी फिन्टेक खेलाडीहरूलाई नेपालको डिजिटल अर्थतन्त्रमा उदाउँदै गरेका अवसरहरू अन्वेषण गर्न निमन्त्रणा दिने उद्देश्यले डिजाइन गरिएको जनाइएको छ।

Muktinath Bikas Bank Limited

फ्यानका अध्यक्ष तथा सिटी टेक ग्लोबलका सीईओ साजन शर्मा भन्छन्, ‘यो केवल एउटा साधारण स्टल मात्र नभई, हाम्रो क्षमता र सम्भावनाको स्पष्ट सन्देश हो।मैले लगातार धेरै वर्षदेखि सिमलेसमा सहभागिता जनाउँदै आएको छु र विश्वफिनटेक क्षेत्रको रूपान्तरणलाई नजिकबाट अवलोकन गरेको छु।अघिल्लो वर्षहरूमा सिटी टेकले एकल प्रदर्शकको रूपमा सहभागिता जनाउनु रोमाञ्चक अनुभव थियो, तर आज यहाँ सम्पूर्ण नेपाली नवप्रवर्तनले भरिएको पविलियनमा उभिनु, मलाई एक नेपालीको हैसियतले र यो उद्योगको योगदानकर्ताको रूपमा अपार गर्वले भरिएको महसुस गराएको छ।’

नेपाल पविलियनमा सहभागी कम्पनीहरूमा सिटीएक्सप्रेस मनी ट्रान्सफर, सिटी टेक ग्लोबल, आइएमई लिमिटेड, एनएमबी बैंक,  ल्याम्डा पेमेंट्स,  माइक्रो ब्यांकर नेपाल,  प्रोग्रामिज, आइमार्क प्रालि र रारा ल्याब्स रहेका छन् । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.