Bizshala
  • मंगलवार, असार २३,२०८३ 07:44:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियन थाई फूड्सले पनि आईपीओ जारी गर्ने, हिमालय सेक्युरिटिज बन्यो बिक्री प्रबन्धक

Laxmi Sunrise Bank Limited
एशियन थाई फूड्सले पनि आईपीओ जारी गर्ने, हिमालय सेक्युरिटिज बन्यो बिक्री प्रबन्धक

काठमाण्डौ । सुनसरी मोरङ औद्योगिक करिडरको निकै पुरानो र स्थापित उद्योग एशियन थाई फुड्स लिमिटेडले पनि आईपीओ निश्कासन गर्ने भएको छ ।  

रमपम चाउचाउबाट आफ्नो अलग्गै ब्राण्ड बनाएको यो उद्योगले पनि आईपीओ निश्कासनको तयारी सुरु गरेको हो । जसअनुसार मंगलबार कम्पनीले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्दै सो सम्बन्धी सम्झौता समेत गरेको छ । 

New Office
CG Motors
Garima Development Bank

यो सम्झौताले एशियन थाई फूड्स लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग हुने जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्झौतामा एशियन थाई फुड्सको तर्फबाट शिवरतन शारडा(अध्यक्ष), महेश जाजु(प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक)ले हस्ताक्षर गरेका छन् भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाषबहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्रबोर्डबाट अनुमतिप्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेष्टमेन्ट्स बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एशियन थाई फूड्सले एफएमसीजी प्रडक्ट्स अन्तर्गत चाउचाउ तथा स्न्याक्सका विभिन्न आइटम उत्पादन गर्दै आइरहेको छ । यो उद्योगका उत्पादन हाल ३० भन्दा बढी देशमा निर्यात हुने गरेको छ । एशियन थाई फूड्सका प्रमुख प्रडक्टहरुमा रमपम, टू पिएम तथा प्रीति चाउचाउ रहेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.