मंगलवार, असार १०,२०८२ 11:36:59
  • मंगलवार, असार १०,२०८२ 11:36:59
Global IME Bank Limited

अबको १० वर्षमा आईफोनको आवश्यकता अन्त्य हुने !

Hyundai Nepal
अबको १० वर्षमा आईफोनको आवश्यकता अन्त्य हुने !
Nabil Bank Limited

काठमाण्डौ । हाल एआईले अधिकांश क्षेत्रमा आफ्नो पहुँच विस्तार गरिसकेको छ । यसका साथै आगामी दिनमा पनि यसको विस्तार बढ्ने निश्चित छ । स्मार्टफोन ब्राण्डहरुले पनि आफ्नो ह्याण्डसेटहरुमाम एआई फिचर्स उपलब्ध गराईरहेका छन् र यसलाई अझै परिष्कृत बनाउदै लगिरहेका छन् ।  

विज्ञहरुले भविष्य यस्तो पनि दिन आउने अपेक्षा गरेका छन्, जुनबेला स्मार्टफोनको आवश्कयता लगभग अन्त्य हुनेछ । यो कुरा अरु कसैले नभई आईफोन निर्माता कम्पनी एप्पलका वरिष्ठ उपाध्यक्ष एडी क्युले बताएका हुन् । उनले अमेरिकामा गूगलमाथि चलिरहेको मुद्दाबारे बोल्दै यस्तो बताएका हुन् ।

CG Motors
Muktinath Bikas Bank Limited

एडीले आगामी एक दशकभित्र एआईले आईफोनलाई टेकओभर गर्ने सम्भावना उच्च रहेको बताए । एप्पलको कुनैपनि वरिष्ठ अधिकारीले यस्तो सम्भावनालाई स्वीकारेको यो पहिलोपटक हो ।  

यस्तै उनले अबको १० वर्षमा आईफोनको आवश्यकता नै नपर्न समेत सक्ने बताए । उनको यस्तो भनाईले एआईले प्रविधिलाई कुन गतिमा अपनाईरहेको र अपग्रेड गरिरहेको छ भन्ने जनाएको विज्ञहरुले बताएका छन् ।  

एडीले एप्पलका लागि आईफोन महत्वपूर्ण प्रडक्ट भएको समेत बताए । यसले कम्पनीलाई आम्दानी गर्न सहयोग पुर्याईरहेको उनले बताए । यस्तोमा कम्पनीले आईफोनको उपादेयिता कायम राख्न हरसम्भव प्रयास गरिरहेको समेत उनले बताए । कम्पनीले आईफोनमा एप्पल इन्टिलिजेन्सको सपोर्ट दिईसकेको छ र आगामी दिनमा पनि यसका अन्य फिचर्स पनि दिदै जाने जनाएको छ ।  

कम्पनीले यतिबेला विभिन्न प्रडक्टहरुमाथि काम गरिरहेको छ । रिपोर्टका अनुसार कम्पनीले आगामी वर्ष आईफोन फोल्ड लञ्च गर्ने तयारी गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.