शुक्रबार, आश्विन ९,२०८३ 12:07:27
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 12:07:27
Bizshala
Global IME Bank Limited

के बजारले ५० दिने मूभिङ एभरेजको रेखामा बलियो सपोर्ट लिँदै गरेको हो ?

Bizshala
के बजारले ५० दिने मूभिङ एभरेजको रेखामा बलियो सपोर्ट लिँदै गरेको हो ?
New Office

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको छ । आज बजार २८ सयको विन्दुभन्दा तल खसेर बन्द भएको छ । बजार घट्दा आज कारोबार भने एक महिना पछि कै न्यून भएको छ ।  

यसअघि गत असार २४ गते साढे ६ अर्बको कारोबार भएको थियो । त्यसपछि आज त्यहीबराबर कारोबार भएको छ । मूभिङ एभरेज रेखाबाट नियाल्दा नेप्से करिब ५० दिने मूभिङ रेखा नजिक आएको छ । मूभिङ एभरेज रेखाले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोधको काम गरेको हुन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस हिसाबले बजार ५० दिने मूभिङ एभरेज रेखाको विन्दु अर्थात २७५२ को विन्दुमा रहेको देखिन्छ । म्याक्डीबाट नियाल्दा यस अघि नै बियरिस क्रसओभर बनेको देखिन्छ भने हिस्टोग्राम पनि नेगेटिभ र लामा–लामा हुँदै गएका छन् ।  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्डबाट तल खसेको बजारले अब तल्लो ब्याण्डमा सपोर्ट लिन सक्ने देखिन्छ । त्यो भनेको पनि २७५० को आसपासकै विन्दु हो । मनी फ्लो इन्डेक्सबाट नियाल्दा हाल बजार ३२ को तहमा आएको देखिन्छ ।  

घट्दो बजारमा यस्तो विन्दु २० भन्दा तल पनि आउन सक्छ । यस हिसाबले हालको करेक्सनसँगै केही समयको निरन्तरता पछि बजारले युटर्न लिन पनि सक्छ । तर यसका लागि हालसम्म कुनै पनि संकेत भने बजारमा देखिएको छैन ।  

नोटः सेयर बजारमा लगानी जोखमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.