काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सुनमा ट्यारिफ नलाग्ने बताएका छन् । यसअघि अमेरिकी भन्सार अधिकारीले स्विट्जरल्याण्डबाट आयात हुने सुनमा ट्यारिफ लाग्ने बताएसँगै ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
‘सुनमाथि ट्यारिफ लाग्ने छैन,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् । ट्रम्पको यस्तो भनाईसँगै गोल्ड फ्युचर्समा सुनको मूल्य २.४८ प्रतिशत घटेर प्रतिऔंस ३४०४.७० डलरमा झरेको छ ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले स्विट्जर्ल्याण्डबाट आयात हुने १ किलो र १०० औंस गोल्ड बारमा ३९ प्रतिशत ट्यारिफ लाग्ने बताएसँगै सुनको मूल्य गत शुक्रबार हालसम्मकै उच्च कायम भएको थियो ।
यस्तो प्रकारको सुन सुनको मुख्य फ्युचर्स मार्केट द कमोडिटी एक्सचेञ्ज वा कमेक्समा कन्ट्याक्ट ब्याक गर्नका लागि प्रयोग गरिन्छ ।