काठमाण्डौ । राम्रो आम्दानीका बाबजुत एआई चिप निर्माता कम्पनी एनभिडियाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । कम्पनीले दोस्रो त्रैमाससम्ममा रेकर्डतोड ३० अर्ब डलर आम्दानी गरेको छ ।
यो रकम अघिल्लो वर्षको तुलनामा १२२ प्रतिशतले बढी हो । राम्रो वित्तीय विवरणका बाबजुत कम्पनीको सेयरमूल्यमा भने व्यापक गिरावट आएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । एआई क्षेत्र फस्टाएपछि सबैभन्दा धेरै लाभ उठाउने कम्पनी एनभिडियाको बजार पूँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी छ ।
यो वर्ष मात्रै कम्पनीको सेयरमूल्य १६० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।