बिहीबार, बैशाख ३१,२०८३ 03:36:10
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:36:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनभिडियालाई चीनमा एड्भान्स्ड एआई चिप बिक्री गर्न ट्रम्पले दिए अनुमति

Laxmi Sunrise Bank Limited
एनभिडियालाई चीनमा एड्भान्स्ड एआई चिप बिक्री गर्न ट्रम्पले दिए अनुमति
Shivam Cement

काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप निर्माता एनभिडियालाई चीनका ‘अप्रूभ्ड कस्टमर’ लाई अत्याधुनिक एच२०० एआई चिप बिक्री गर्न अनुमति दिने घोषणा गरेका छन्। ट्रम्पले सोमबार ट्रुथमार्फत यसबारे जानकारी दिएका हुन् ।  

उनले लेखेका छन् ‘हामी राष्ट्रिय सुरक्षाको रक्षा गर्नेछौं, अमेरिकी जनताका लागि रोजगारी सिर्जना गर्नेछौं, र एआई क्षेत्रमा अमेरिकाको अग्रता कायम राख्नेछौं।’

राष्ट्रपति ट्रम्पको यो निर्णय एएमडी जस्ता अन्य अमेरिकी चिप कम्पनीहरूमाथि पनि लागू हुने बताइएको छ। यो कदम एनभिडियाका प्रमुख जेनसन ह्वाङको व्यापक लबिङपश्चात आएको हो, जसअन्तर्गत उनी गत साता वाशिङ्टनमा समर्थन जुटाउन पुगेका थिए।

Bizshala
New Office
CG Motors

एनभिडियाले राष्ट्रपति ट्रम्पको निर्णयको स्वागत गरेको छ। कम्पनी हाल विश्वकै सबैभन्दा ठूला र उच्च मूल्यांकन भएका चिप निर्मातामध्ये एक मानिन्छ। अमेरिका–चीनबीच बढ्दो तनावका कारण एनभिडियालाई आफ्ना अत्याधुनिक चिप चीनमा बिक्री गर्न रोक लगाइएको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

गत जुलाईमा ट्रम्पले चिपमाथिको बिक्री प्रतिबन्ध हटाएका थिए, तर सर्तस्वरूप एनभिडियाले आफ्नो चिनियाँ आम्दानीको १५ प्रतिशत अमेरिकी सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरेका थिए। त्यसपछि विभिन्न रिपोर्टमा चिनियाँ सरकारले आफ्ना टेक कम्पनीहरूलाई एनभिडियाका चिप खरिद नगर्न निर्देशन दिएको दाबी गरिएको थियो।

तर हाल ट्रम्पले नयाँ पोस्टमा अमेरिकालाई अब २५ प्रतिशत रकम तिर्ने व्यवस्था हुने बताएका छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.