आईतवार, भाद्र १,२०८२ 08:17:09
IME remit
  • आईतवार, भाद्र १,२०८२ 08:17:09
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘ आईपीओ र हकप्रदले ध्वस्त भयो बजार, बैंकलाई कारोबार गर्न दिनुपर्छ ’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘ आईपीओ र हकप्रदले ध्वस्त भयो बजार, बैंकलाई कारोबार गर्न दिनुपर्छ ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले ज्ञानेश्वर र नक्साल आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं ।  

हामी सबैभन्दा पहिले ज्ञानेश्वर स्थित सुमेरु सेक्युरिटिज स्टक (ब्रोकर  नम्बर ३९) मा पुगेका थियौं । ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । कारोबारको पहिलो प्रहरमा बजारमा केही सुधार भएको थियो । यतिकैमा एक लगानीकर्ताले भने ‘होइन साथीहरु ! यो नेपाल रि – इन्स्योरेन्स त २ हजार नै पुग्छ कि के हो ?’  

उनी सँगै बसेका एक लगानीकर्ताले भने, ‘यति नै हो अब बढ्ने । यहाँ भन्दा माथि त जाँदैन होला ।’ उनले थप्दै भने, ‘यी बैंकहरुको सेयर के भएको हो ? रिपोर्ट आए पछि त झनै घट्न पो थल्यो त । आज पनि बजार २८ सय छोएर खस्यो । अघिल्लो साता पनि यस्तै भएको थियो बजार ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले फरक प्रसंगमा भने ‘रबिलाई त अस्ति एरपोर्टमा पछाडीको गेट्बाट लगियो रे । अगाडी बसेका हामी त हेरेको हेर्यै ।’ यतिकैमा २ जना महिला लगानीकर्ता नमस्कार है !’ भन्दै ब्रोकर हाउसमा छिरे । ‘गत साता ट्रेड टावर बेचेरे राम्रै गरिएछ । आज त राम्रैसँग घटेको छ, ’ उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘तपाईहरुले त राम्रै गर्नु भएछ । हामीले त एक हजारप्रति कित्ताका दरले तिरेर ट्रेड टावर चढेको आज घटेर पाँच तलाबाट खसे जस्तै भएको छ ।’ उनको कुार सुनेपछि ब्रोकर हाउसमा एक छिन हाँसो गुन्जियो ।

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले कुमारी बैंक, नबिल बैंकसाग मर्जमा जाने हल्ला चलेको पनि सुनाए । ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । भित्ताको घडिमा १२ बज्दै थियो । बजारमा बिस्तारै बिक्री दबाब पर्दै गरेको थियो ।  

केही समयको बसाई पछि हामी नक्सालमा रहेको सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति ठीकै थियो । ब्रोकर हाउसमा फोनका घण्टी बज्दै थिए । बजारमा बिक्री दबाब पर्दै थियो । भित्ताको डिस्प्ले हेर्दै एक लगानीकर्ताले भने ‘लौ आज पनि बजार रातै भएछ ,’ उनले पसिना पुछ्दै थपे, ‘बजारमा सप्लाइनै धेरै भयो । आईपीओ र हकप्रदले बजार ध्वस्त भयो । कम्पनीले डबल–डबल हकप्रद निष्कासन गरेका छन । दोस्रो बजारमा सबै नाफा आए बेच्ने भनेर बसेका छन् । कि त, बैंकलाई अल्पकालिन सेयर कारोबार गर्न दिनु पर्छ । दोस्रो बजारका लगानीकर्ताले मात्रै सेयर किनेर अब बजार धानिन्न ।’  

यो बर्षलाई पनि नाफा बुक गर्न नसकिएको बताउदै उनले थपे, ‘महिनामा ४ वटा आईपीओ र हकप्रद आए पछि बजार कसरी टिक्छ खै ? आज पनि रातो भए पछि यस्तै भो बजार ।’ उनले सिटिजन्स बैंक, नबिल र एनआईसीले लाभांश दिन गाह्रो रहेको बताए । अरुले भने केही भएपनि दिने उनले विश्वास व्यक्त गरे ।  

यसै ब्रोकरमा भेटिएकी एक महिला लगानीकर्ताले दशैं अघि एकपटक बजार फर्कने दाबी गरिन् । उन्ले थप्दै भनिन् ‘आफू त नेपाल रिपब्लिक मिडिया बेचेर फेरि एचडिएल , हिमालयन रि र केही राम्रा विकास बैंकमा सरेकि छु ।’

ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । मध्यान्नको २  बजिसकेको थियो । बजार एकहोरो खसेको थियो । यहाँबाट हामी नक्सालमा नै रहेको सन् सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । लगानीकर्ताहरु बजार हेर्न मस्त थिए । यतिकैमा एक लगानीकर्ताले भने, ‘अब त के सेयर बेच्ने? अब त जे सुकै होस्, सेयर होल्ड गर्ने हो । अहिले नबढे पनि दशैंतिहार पछि त कसो नबढ्ला ?’ उनले थप्दै भने, ‘उधारो किन्नेको सेयर सकिए पछि बजार पक्कै बढ्छ ।’  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.