IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 10:17:42
IME remit
Global IME Bank Limited

ट्रेड टावरको नाफा ९९% ले घट्दै १.३० लाखमा सीमित, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
ट्रेड टावरको नाफा ९९% ले घट्दै १.३० लाखमा सीमित, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ट्रेड टावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्केृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ लाख ३० हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो र यसरी कम्पनीको नाफामा ९९.३८ प्रतिशतले घटेको छ ।  

कम्पनीको कुल आम्दानी भने बढेको छ । यो अवधिमा कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७५.५६ प्रतिशतले बढी हो ।  अघिल्लो आवमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको खर्च भने चुलिएको छ । अघिल्लो आवमा ४ करोड ५४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म १० करोड १३ लाख खर्च गरेको छ । यसरी कम्पनीको खर्चमा १२२.९१ प्रतिशत बढोत्तरी आएको छ ।  

कम्पनीको वित्त खर्च पनि १ करोड ४७ लाख रुपैयाँबाट ४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । ८१ करोड ५६ लाख चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १७ करोड ९ लाख र कुल चालु दायित्व २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६६.२३ रुपैयाँ र तरलता अनुपात ०.५८ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.