मंगलवार, श्रावण १९,२०८३ 04:38:05
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:38:05
Bizshala
Global IME Bank Limited

ट्रेड टावरको नाफा ९९% ले घट्दै १.३० लाखमा सीमित, कस्तो छ समग्र वित्तीय अवस्था ?

ट्रेड टावरको नाफा ९९% ले घट्दै १.३० लाखमा सीमित, कस्तो छ समग्र वित्तीय अवस्था ?
New Office

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ट्रेड टावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्केृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ लाख ३० हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो र यसरी कम्पनीको नाफामा ९९.३८ प्रतिशतले घटेको छ ।  

कम्पनीको कुल आम्दानी भने बढेको छ । यो अवधिमा कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७५.५६ प्रतिशतले बढी हो ।  अघिल्लो आवमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।  

कम्पनीको खर्च भने चुलिएको छ । अघिल्लो आवमा ४ करोड ५४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म १० करोड १३ लाख खर्च गरेको छ । यसरी कम्पनीको खर्चमा १२२.९१ प्रतिशत बढोत्तरी आएको छ ।  

कम्पनीको वित्त खर्च पनि १ करोड ४७ लाख रुपैयाँबाट ४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । ८१ करोड ५६ लाख चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १७ करोड ९ लाख र कुल चालु दायित्व २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६६.२३ रुपैयाँ र तरलता अनुपात ०.५८ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.