ट्रेड टावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको अजेण्डा पारित गर्न कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो । सभा मंसिर १२ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ ।