मंगलवार, असार १७,२०८२ 12:55:18
  • मंगलवार, असार १७,२०८२ 12:55:18
Global IME Bank Limited

सान्भी इनर्जी र ट्रेड टावरको आईपीओ सूचीकरणमा ढिलाई, कहाँ अड्कियो फाइल ?

Hyundai Nepal
सान्भी इनर्जी र ट्रेड टावरको आईपीओ सूचीकरणमा ढिलाई, कहाँ अड्कियो फाइल ?
Nabil Bank Limited

काठमाण्डौ । यतिबेला दुई कम्पनीको आइपीओ सूचीकरणमा ढिलाईका कारण लगानीकर्ताहरु निरुत्साहित बनेका छन् । सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड भइसकेको दुई साता बितिसक्दा पनि नेप्सेमा सूचीकृत हुन सकेको छैन ।  

सान्भी इनर्जीको आईपीओ गत जेठ २६ गते बाँडफाँड सम्पन्न भएको हो भने ट्रेड टावरको आईपीओ गत असार १ गते बाँडफाँड सम्पन्न भइसकेको छ । विशेषगरी सेयर पाएका लगानीकर्ताहरुले सूचीकरणमा ढिलाइको कारण खोजिरहेका छन् ।  

सान्भी इनर्जीको आइपीओ बाँडफाँड भएको करिब एक महिनासम्म पनि दोस्रो बजारमा कारोबारमा आउन नसक्दा लगानीकर्ताहरु रुष्ट बनेका छन् । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार आइपीओ सूचीकरणका लागि केही दिनअघि नै सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडमा फाइल पठाइसकेको छ ।  

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँडपश्चात् नेप्सेमा सूचीकरणका लागि पहिला बिक्री प्रबन्धकले सम्बन्धित कम्पनीको सेयर सिडिएस एण्ड क्लियरिङ्खमा रजिष्टर गर्नुपर्ने प्रावधान छ । सिडिएससीले फाइल हेरेर कम्पनीको सेयर सूचीकृतका लागि नेप्सेमा पठाउने गर्दछ । सोपश्चात् नेप्सेले फाइल पाएपछि नै सम्बन्धित कम्पनीको सेयर सूचीकृत प्रक्रिया अघि बढाउने गर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसरी तीनचरणमा सेयर रजिष्टर भइसकेपछि नै दोस्रो बजारमा कारोबारमा आउने गर्दछ । केही समयअघि कुनै पनि कम्पनीको सेयर बाँडफाँड भइसकेपश्चात् दुई साताभित्र दोस्रो बजारमा कारोबारमा आइसकेको हुन्थ्यो । तर पछिल्लो समय बिक्री प्रबन्धक मर्चेण्ट बैंक, सिडिएस एण्ड क्लियरिङ्ख र नेप्सेको ढिलाईका कारण समयमै आइपीओ लिस्टिङ हुन नसक्दा लगानीकर्ताहरु आक्रोशित बन्न पुगेका छन् ।  

सान्भी इनर्जीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले आइपीओ लिस्टिङको लागि फाइल सिडिएससीमा पठाइसकेको छ ।  

यता ट्रेड टावरको आइपीओ बाँडफाँड भएको दुईसाता बितिसकेको छ, तर दोस्रो बजारमा अझै कारोबारमा आउन सकेको छैन । कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले पनि एक साताअघि नै सिडिएससीमा फाइल फाइल पठाइसकेको जनाएको छ ।  

स्रोतका अनुसार दुबै कम्पनीको फाइल सिडिएससीमा नै अड्किएकाले आइपीओ सूचीकरणको कार्य ढिलाई भएको हो । सिडिएससीले भने सूचीकरण प्रक्रियाको काम भइरहेको जनाएको छ । तर कहिलेसम्म दोस्रो बजारमा आउने भने कुनै टुङ्गो नरहेको सिडिएससीको राय छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.