काठमाण्डौ । ट्रेड टावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ४४ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५ करोड ६३ लाख ८३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ करोड ६८ लाख ९० हजार रुपैयाँ थियो।
कम्पनीले होटल सञ्चालनबाट २ करोड २२ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ भने अन्य सञ्चालन आम्दानी २ करोड ८४ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा ब्याज तथा ह्रासकट्टीअघिको नाफा २ करोड २९ लाख ५७ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा २ करोड ३ लाख ५२ हजार रुपैयाँ थियो।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल इक्विटी ८६ करोड ५७ लाख रुपैयाँ छ।
कम्पनीको चुक्तापुँजी ८१ करोड ५६ लाख १० हजार रुपैयाँ रहेको छ।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.५१ रुपैयाँ, पीई रेसियो ५२०.१० गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६७.५० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।