काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ । लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ आइतबार नयाँ बानेश्वरमा रहेको क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो ।
कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता सेयर जारी गरेको थियो । यो आईपीओमा कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । जस अनुसार करिव १७ लाख आवेदकको हात खाली हुने छ ।