काठमाण्डौ। ट्रेड टावर लिमिटेडको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न जेठ २० गतेदेखि लक्ष्मी सनराइज क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।