मंगलवार, असार ९,२०८३ 08:16:46
Bizshala
  • मंगलवार, असार ९,२०८३ 08:16:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रेड टावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

Laxmi Sunrise Bank Limited
ट्रेड टावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञज(नेप्से)मा ट्रेड टावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र ट्रेड टावरबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ८१ लाख ५६ हजार ०९७ कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारणसमक्ष लक्ष्मी सनराइज क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत जेठ १४ गतेदेखि २० गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यसरी सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुलाई वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता(४८.६९६ प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता (५१.३०४ प्रतिशत)सेयर गरी जम्मा ८१ लाख ५६ हजार ०९७ कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असार ३० गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।  

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ बुधबारको कारोबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘टीटीएल’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १२३.०९ रुपैयाँ र ३६९.२७ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.