मंगलवार, श्रावण १९,२०८३ 04:34:50
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:34:50
Bizshala
Global IME Bank Limited

ट्रेड टावरको आईपीओमा आवेदन दिने समयावधि थप

ट्रेड टावरको आईपीओमा आवेदन दिने समयावधि थप
New Office

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।  

यो आईपीओमा आवेदन दिने आज अन्तिम दिन भएता पनि आइतबार भोटो देखाउने जात्राको सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो । कम्पनीले कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको छ ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु।१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।  जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९।३० कित्ता कित्ता सेयर नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि गत वैशाख ८ गतेदेखि २२ गतेसम्म निष्कासन गरिएको थियो ।  

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ९८ हजार ५८४.६४ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गरेको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एलएस क्यापिटल लिमिटेड रहेको छ ।  

आईपीओ निष्काशनको लागि रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउछ ।  

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.९३ वर्ष रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.